चौरजहारीका विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई छात्रवृत्तिदेखि पोसकसम्म

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले वैशाख १६ गतेदेखि नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । पालिका भित्र रहेका ४२ ओटै सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीलाई एक वर्षका लागि चाहिने आवश्यक स्टेशनरी, पोसाक, छात्रवृत्ति लगायत सम्पूर्ण सुविधा प्रदान गर्दै पालिका भित्रका विद्यालयले अहिले धमाधम भर्ना अभियान सञ्चालन गरिरहेका छन् ।

सो पालिकाका आधारभूत तहमा बालविकासदेखि कक्षा पाँचसम्म शैक्षिक सत्र २०७९ मा भर्ना हुन आउने विद्यार्थीहरूलाई पाठ्यपुस्तक, स्टेशनरी तथा विद्यालय पोशाक निःशुल्क प्रदान गरिने पालिकाका शिक्षा शाखा प्रमुख शेरप्रसाद ढकालले जानकारी दिए । प्रमुख ढकालका अनुसार आधारभूत तहमा बालविकासदेखि कक्षा पाँच सम्म अध्ययन गर्ने बालबालिकालाई पालिकाले आन्तरिक स्रोत व्यवस्थापन गरी यी सुविधा प्रदान गर्दै आएको छ । यसका लागि पालिकाले चालु आर्थिक वर्षमा ७६ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । सोही बजेटबाट पालिकाले आधारभूत तहको बालविकासदेखि कक्षा पाँच सम्मका बालबालिकालाई वर्षभरि चाहिने स्टेशनरी, पोसाकको व्यवस्था गर्दै आएको छ ।

पालिकाले विद्यालयले प्रदान गर्ने यी सुविधा सहित छात्रवृत्ति बापतको रकम पनि भर्ना अभियानकै क्रममा दिँदै आएको छ । समयमै विद्यार्थी भर्ना नभए विद्यालयले प्रदान गर्ने यस्ता सुविधाबाट बालबालिका वञ्चित हुन सक्ने पालिकाको शिक्षा शाखाले जानकारी दियो । पालिकामा शैक्षिक सत्र २०७८ मा बाल विकासदेखि कक्षा १२ सम्म ९ हजार ३५४ विद्यार्थी अध्ययनरत थिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal