After SEE Portal

हेलम्बुमा निशुल्क प्राविधिक शिक्षा

Bridge Course

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले निशुल्क प्राविधिक शिक्षा प्रदान गराउने भएको छ । गत शुक्रबार मन्त्री स्तरीय निर्णयबाट इचोकको घोप्टेघ्याङमा रहेको हेलम्बु मोडेल माध्यामिक विद्यालयमा विशेष अनुदान सहित प्राविधिक धारतर्फको अध्यापन गर्ने निर्णय भएसंगै गाउँपालिकाले निशुल्क पढाइ हुने भएको हो ।

सिभिल इन्जिनियरिङको कक्षा पालिका तथा सरकारको अनुदानमा निशुल्क अध्यापन गराउने भएको छ । संघ सरकारले शिक्षक तथा प्रयोगशाला निर्माणमा सहयोग गर्ने र अन्य खर्च पालिकाले गर्नेगरी चालु शैक्षिक सत्रबाटै कक्षा सञ्चालन गर्ने तयारी भइरहेको पालिकाका प्रशासकीय अधिकृत विनोद रोकाले बताए ।

अधिकृत रोकाका अनुसार हेलम्बुमा कक्षा ९ देखि कक्षा १२ सम्म ४ वर्षे डिप्लोमा इन्जिनियरिङ पढाइ हुने भएको छ । उक्त कक्षाका लागि प्रत्येक कक्षामा ४८ जनाको सिटसंख्या निर्धारण गरिएको छ । ती भन्द बढी विद्यार्थी आए पनि विद्यालय शिक्षण गर्न तयार रहेको उनले बताए ।

सो विद्यालयलाई गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशेष पहलमा दुई वर्ष अगाडि नै आवासीय बनाइएको छ । प्राविधिकधारको कक्षा सञ्चालन भएपछि विद्यार्थी आवास गृहको व्यवस्थापन तथा खर्च समेत पालिकाले वेहोर्ने अधिकृत रोकाले बताए ।

स्कुलका वर्ष १८ कोठे, १४ कोठे दुई र चार कोठो एक भवन यस अघि नै चार करोड २५ लाख रुपियाँको लागतमा विद्यालय भवन निर्मण भइसकेको छ ।

A Levels MA