After SEE Portal

सर्वोच्चले फैसला गर्न ढिलाई,चार पटक स¥यो पेशी

Bridge Course

काठमाडौं । सर्वोच्च अदालतमा मुद्दा दायर गरेका शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको पेसी पुन सरेको छ । भाद्र ३१ गते तोकिएको पेशी पुन असोज  ५ गतेलाई सरेको हो । बहस सकिएर फैसला अन्तिम फैसला असोज  ५ हुने भएको छ । फैसला ३१ भाद्र मा हुने भनिएको  असोज  ५ गतेलाई सरेको हो ।

                    


माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले  शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै गत साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

भदौं २२ गते नै बहस सकिएर फैसला सुनाउने अन्तिम तयारी भइरहँदा न्यायधीस र मुद्दा दर्ता गरेका एकजना  शिक्षकबीच नाता सम्बन्ध देखिएपछि २४ गते फैसला सारिएको थियो ।
भदौं २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१ र अहिले असोज  ५ गरी चार पटक सरिसकेको छ ।

असोज ९, १० र ११ गतेलाई तय भएको शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न दायर मुद्दाको फैसला परीक्षा सम्पन्न भइसकेपछि हुने हो कि भन्ने आशंका गर्न थालिएको छ ।

आफूले पढ्दै नपढेको र पढाउँदै नपढाएको विषयमा परीक्षा लिन लागेको भन्दै कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुको तर्फबाट माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले  विज्ञापन खारेजीको माग राख्दै मुद्दा दायर गरेको थियो । 

यसअघि बहसका क्रममा न्यायधीशले सरकारी वकिललाई एउटा विषयका शिक्षकहरुलाई अर्को विषयमा परीक्षा किन लिन खोजिएको हो भनि प्रश्न गरेका थिए । प्रश्नमा कानून यस्तै छ भन्ने जवाफ भरपर्दो नभएको भन्दै न्यायधीशले आयोगको उच्च अधिकारीलाई अदालतमा झिकाउने आदेश दिएका थिए । 

विज्ञापन खुलेको डेढ महिना पछि बल्ल आयोगले असोज ९, १० र ११ गतेलाई परीक्षाको मिति तय गरेको थियो ।

A Levels MA
Thuprai - Books and E-books