After SEE Portal

शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिको ढिलाइप्रति मञ्चको गम्भीर आपत्ति

Bridge Course

शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिको ढिलाइले शैक्षिक व्यवस्थापनमा गम्भीर असर परेको भन्दै स्थायी शिक्षक हकहित मञ्चले घोर आपत्ति जनाएको छ ।

छनोट समितिले सिफारिस गरेको महिनौ बितिसक्दा पनि शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्ति हुन नसक्दा शिक्षक व्यवस्थापन लगायत छनोटमा समस्या परेको, शिक्षक बढुवा प्रक्रिया नराम्रोसँग प्रभावित भएको भन्दै मञ्चले आन्दोलनको घोषणा गरेको छ

केही हप्ता अघि मा वि, नि मा वि, प्रावि मा १३ हजार शिक्षक रिक्त रहेको विवरण सार्वजनिक भए तापनि यो सङ्ख्या दोब्बर रहेको स्थायी हकहित मन्चका केन्द्रीय संयोजक रमेशबावु भट्टराईले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

मञ्चका अनुसार शिक्षक दरबन्दीको यो आकडा २०७५ मा तयार पारिएको र शैक्षिक वर्ष २०७६ र ७७ मा अवकास भएका शिक्षकहरूको तथ्यांक यसमा सामेल नगरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसका साथै शिक्षा जस्तो संवेदनशील क्षेत्रमा ऐन निर्माणमा ढिलाइ, ईसीडी शिक्षक, विद्यालय कर्मचारी , राहत अस्थायी आदि शिक्षकहरूको व्यवस्थापनमा भएको ढिलाइले गुणस्तरीय शिक्षालाई चरितार्थ गर्न नसकिने हुँदा बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको मञ्चले जानकारी दियो ।

कोभिड १९ बाट प्रभावित विद्यार्थी र शिक्षकहरूको तथ्यांक सङ्कलन नहुनु र शिक्षक विद्यार्थीलाई खोपको प्राथमिकतामा नराखिनु दुखको कुरा भएको संयोजक भट्टराईले बताए ।

पदाधिकारी नियुक्तिको ढिलाइको विरूद्द्धमा साङ्केतिक रूपमा शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

 

A Levels MA
Thuprai - Books and E-books