TU CMAT

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति गठन

CMAT

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सञ्चालनका लागि ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ ।

 निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउने भन्दै शिक्षाध्यक्ष डा शिवलाल भुसालको संयोजकत्वमा, सह संयोजनक रजिष्ट्रार प्राडा पेशल दाहाल र, सदस्यसचिवमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी रहेको १६ सदस्यीय समिति गठन हो ।

समितिले निर्वाचन आचारसंहिता बनाउने, निर्देशिका तथा कार्यविधि बनाउने सदस्य—सचिव अधिकारीले जानकारी दिए ।

त्रिविले गत पुस २८ गते आङ्गिक क्याम्पसलाई पत्र र सम्बन्धन प्राप्त क्याम्पसलाई सूचना जारी गर्दै स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न निर्देशन दिएको थियो । त्रिवि सम्बद्ध क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाच्न गर्ने निर्णय गरेको छ । २०६५ सालदेखि हुन नसकेको निर्वाचनमा उमेरको हदबन्दी लागु गरेको छ । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा केही क्याम्पसमा निर्वाचन सम्पन्न भएको थियो । त्रिविका६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । 

Managed Admission 2022
I Tech store
Masters Portal