After SEE Portal

विद्यालय भवन निर्माणमा सघाउँदै विदेशी पाहुना

Bridge Course

कञ्चनपुर, १३ कात्तिक (रासस) : स्थानीयसँगै जर्मनीका पाहुना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रहेको सिद्ध भीम आधारभूत विद्यालयको भवन निर्माणमा जुटेका छन् । 

चौध जना विदेशी पाहुना विद्यालय भवन निर्माणका लागि जग खन्ने, बालुवा, ढुङ्गा बोक्ने, पर्खाल बनाउने, फलामे छड काट्ने, बोक्ने र इँटा बोक्ने काममा सहभागी भएका हुन् । जर्मन टोलीका रोएनाले विपन्न बस्तीमा विद्यालय भवन निर्माणका लागि श्रमदान गर्न पाउँदा निकै उत्साहित भएको बताउनुभयो । “स्थानीय बासिन्दाको मुहार हँसिलो देख्दा र उहाँहरूसँगै श्रम गर्न पाउँदा हामीमा पनि ऊर्जा थपिएको छ” उहाँले भन्नुभयो । 

टोलीका अगुवा कास्टर्नले विश्वमा हामी जहाँ बसे पनि, देख्नमा फरक भए पनि सबै मानव जाति एउटै भएकाले हामी फरक देशमा बसेपनि एउटै हौँ भनेर देखाउन यहाँ आइपुगेको बताउनुभयो । यहाँ सबै जना संयुक्त परिवारमा एकै छतमुनि बस्ने कुरा सुनेका छौँ, उहाँले भन्नुभयो, “जीवन जिउने तरिका यहाँबाट सिकेर जान्छौँ ।” 

विल्ड ओन नेपाल नामक संस्थाको रु २१ लाख छ हजार ३६१ र विद्यालयको रु सात लाख ५२ हजार ४५० को लगानीमा निर्माण हँुदै गरेको भूकम्पप्रतिरोधी शौचालयसहितको तीनकोठे भवनमा श्रमदान गर्न जर्मन टोली यहाँ पुगेको हो । टोलीले स्थानीय बासिन्दाको घरमै बसेर विद्यालय निर्माणमा पाँच दिन श्रमदान गर्ने छ । विदेशी पाहुना टोलीसँगै स्थानीय बासिन्दासमेत विद्यालय निर्माणमा जुटेका छन् । 

विदेशी पाहुनाले यहाँ आइपुगेर श्रमदान गर्न थालेपछि सँगैसँगै भवन निर्माणका लागि हामी पनि जुटेका छौँ, स्थानीय शिवराज भट्टले भन्नुभयो, “हामीमा पनि समाजका लागि योगदान दिनुपर्छ भन्ने भावना जागृत भई ऊर्जाका साथ काममा खटिएका छौँ ।”

पुरुष र महिला पालो मिलाएर विदेशी पाहुना टोलीसँगै श्रमदानमा खटिएको उहाँले बताउनुभयो । विद्यालय निर्माणका लागि अभिभावकको आर्थिक अवस्थाले नभ्याउने भएपछि गैरसरकारी संस्थालाई गुहारेका हौँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पन्तले भन्नुभयो, “अभिभावक श्रमदान गर्न इच्छुक देखिएपछि सम्झौता गरी निर्माण प्रारम्भ गरिएको छ ।” विद्यालय भवन निर्माणका लागि श्रमदानसँगै विद्यालयले ढुङ्गा, बालुवा, गिट्टी र काठको जोहो गर्नुपर्ने र दक्ष डकर्मी, प्राविधिक सहयोगसहित अन्य सामग्री संस्थाले उपलब्ध गराउने सम्झौता गरिएको छ ।

विदेशी पाहुना टोलीलाई स्थानीय बासिन्दाको घरमा बस्ने व्यवस्था गरिएको छ । दुई जनालाई एक जना स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको विल्ड अनका फिल्ड संयोजक करवीर विकले बताउनुभयो । विदेशी पाहुनाले स्थानीय बासिन्दाको घरमा बस्दा उहाँले खानेकुरा खाने, सीप, 

रहनसहन र संस्कृतिबारे जानकारी लिने अवसर पाउनेछन् उहाँले भन्नुभयो, “विदेशीबाट स्थानीय बासिन्दाले संस्कृतिबारे जानकारी लिने र विदेशी पाहुनाले स्थानीय कला संस्कृतिबारे जानकारी लिने अवसर पाउनेछन् ।” कृषिका नयाँ तौरतरिकाबारे विदेशीले यहाँका स्थानीयलाई सिकाउने र यहाँका कृषिबारे विदेशीले ज्ञानसमेत लिनेछन् ।

A Levels MA