फोर्ब्स कलेजले शुरु गर्‍यो अनलाइन कक्षा

विश्व भरिनै महामारीको रुप लिएको कोरोना भाइरस को कारण नेपालमा हाल लकडाउनको अवस्था छ। 

यस बेला सम्पुर्ण विद्यार्थीहरु घरमा नै रहेका छन। यस अवसरमा विद्यार्थीहरुको लागि भरतपुर -२ , क्षेत्रपुर चितवनमा रहेको फोर्ब्स कलेजले अनलाइन कक्षा सञ्चालन गरेको कलेजका प्राचार्य  हरि शरण पाठकले जानकारी दिनुभयो। अनलाइन कक्षा ले गर्दा लकडाउन को अवस्थामा विद्यार्थीहरुले पढाईमा निरन्तरता पाउने छन भने लकडाउनको अवस्थामा घरमा नै रहि पढाइ मा व्यस्त हुँदा विद्यार्थीहरुलाइ कोरोना भाइरस बाट सुरक्षित रहन  पनि सहयोग गर्ने प्राचार्य  पाठकले बताउनुभयो। साथै यस विषम परिस्थिती मा सरकारले गरेको लकडाउनलाई सहयोग गर्दै आफू पनि सुरक्षित रहि अरु लाई पनि सुरक्षित रहन सहयोग गर्न सम्पुर्ण नेपालीहरुलाइ आव्हान गर्नु भयो। यस परिस्थितिमा  सरकारलाई जस्तो सुकै सहयोग गर्न कलेज तयार रहेको जानकारी गराउनुभयो।

कलेजमा संचालित बि सि यस (नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी) का विद्यार्थीहरुलाइ जुम एप्लिकेसन , युटुव च्यानल तथा गूगल क्लासरुम जस्ता विभिन्न प्रबिधि प्रयोग गरि अनलाइन कक्षा सन्चालन तथा असाइन्मेन्ट दिने गरेको कलेजका एकेडेमीक डाइरेक्टर सुलभ अधिकारी ले जानकारी गराउनु भयो। त्यस्तै कलेजमा संचालित बिएचम कार्यक्रमका विद्यार्थीहरुलाई पनि अनलाइन कक्षा,असाइन्मेन्ट, जानकारी मुलक विषय वस्तुहरु अनलाइनबाट नै दिएको कलेजका सहायक प्राचार्य दिवस मैनालीले जानकारी गराउनुभयो।

Thuprai - Books and E-books