After SEE Portal

गुणस्तरीय शिक्षामा पहल गरिने

Bridge Course

हेटाँैडा, १८ माघ (रासस) ः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा नभएसम्म शिक्षा क्षेत्रको विकास नहुने भएकाले त्यसतर्फ सबैले जोड दिनुपर्ने बताउनुभएको छ । मकवानपुर बहुमुखी क्याम्पसको ३८औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै शिक्षा विकास र समृद्धिसँग जोडिएकाले देशको विकासका लागि प्राविधिक शिक्षामा पनि जोड दिनुपर्ने पौडेलले भन्नुभयो । 

उहाँले प्रदेश नं ३ सरकारले शिक्षा क्षेत्रको विकासका लागि विशेष महत्व दिएको उल्लेख गर्दै प्रदेशअन्तर्गतका क्याम्पसका लागि बजेट छुट्याएको जानकारी दिनुभयो । 

सो अवसरमा मुख्यमन्त्री पौडेलले सो क्याम्पसमा लामो समयदेखि सेवा गर्ने प्राध्यापक विनबहादुर राउत, विजय शर्मा, विष्णु दाहाल र पूर्वस्ववियू सभापतिद्वय नवीन सिक्देल तथा महेश बर्तौलालाई सम्मान गर्नुभएको थियो । क्याम्पसका स्ववियु सभापति कुमार केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सांसद प्रेमबहादुर पुलामी तथा जुनेली श्रेष्ठ र क्याम्पस प्रमुख बच्चुराम अधिकारीले क्याम्पसको प्रगतिबारे जानकारी दिनुभयो । 

A Levels MA