After SEE Portal

शिक्षक आक्रमणप्रति महासङ्घको घोर निन्दा

Bridge Course

भोजपुरमा शिक्षक कुट्ने शिक्षा शाखाका कार्मचारीलाई कारबाही गर्न नेपाल शिक्षक महासङ्घले माग गरेको छ ।

महेन्द्रोदय मावि अरुण गाउँपालिका ६ भोजपुरका शिक्षक रज्जनकुमार यादव माथि असार ९ गते  भएको आक्रमणप्रति घोर निन्दा गरेको हो ।

महासङ्घका तर्फबाट  महासचिव  लक्ष्मीकिशोर सुवेदी  र अध्यक्ष कमला तुलाधरले  आज जारी गरेको विज्ञप्तिमा अरुण गापा शिक्षा शाखा प्रमुख श्यामकुमार राईबाट कार्यकक्ष भित्रै भएको निर्घात कुटपिटको निन्दा गरेको छ ।

शिक्षक  यादवलाई माथि कुटपिट कार्यमा संलग्न निज राईलाई अविलम्ब गिरतार गरी कानुन अनुसार कडाभन्दा कडा सजाय दिन तथा पीडित शिक्षकको उपचारको प्रबन्ध गर्न माहासङ्ले माग गरेको छ । 

A Levels MA
Thuprai - Books and E-books