After SEE Portal

शिक्षा पत्रकार समूहको रजत जयन्तीमा पाँच जना सम्मानित

Bridge Course

 शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम गरी मनाएको हो ।

शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री अशोककुमार राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संसदको शिक्षा समिति सभापति भानुभक्त जोशी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, शिक्षा समिति सदस्य बद्री पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

रजत जयन्तीको असवर पारेर ५ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको भन्दै बर्दियाको ठाकुराबाबा नगरपालिकालाई सम्मानित गरिएको थियो । २०७९ सालदेखि सुर गरिएको निःशुल्क शिक्षा अभ्यासलाई उच्च सम्मान गर्दै समूहले सम्मान गरेको हो ।

त्यस्तै नेपालको सार्वजनिक शिक्षा सुधारका लागि विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट अनवररुपमा योगदान पु¥याएको भन्दै पत्रकार श्रीधर पौडेललाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो । उनलाई रजत जयन्तीको अवसरमा तीर्थराज भूसालको स्मृतिमा स्थापित रु ३५ हजार राशीको उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार २०८० प्रदान गरिएको हो ।

त्यस्तै सामुदायिक विद्यालयको सिर्जनशील शिक्षक सम्मानतर्फ  २०८० बाट राष्ट्रिय आधारभूत विद्यालय माडी चितवनका शिक्षक मिल्सना महतोलाई सम्मानित गरिएको थियो । त्यस्तै सामुदायिक विद्यालयको उत्कृष्ट प्रनाधाध्यपक सम्मान २०८० बाट श्री भवानी आधारभूत विद्यालय इलामकी प्रधानाध्यापक रचना देवानलाई समेत सम्मान गरिएको छ ।  उत्कृष्ट सामुदायिक विद्यालय व्यवस्थापन समिति सम्मा २०८० बाट श्री सिद्धि गणेश मावि कागेश्वरी मनोहरा, काठमाडौंका व्यवस्थापन समितिका अध्यक्ष श्री राजकुमार थापा सम्मानित भएका छन् ।

A Levels MA