After SEE Portal

लकडाउनको समयमा नयाँ शिक्षण विधि खोज्नोस्

Bridge Course

विश्व कोरोना भाइरस (कोभिड–१९) को महामारीले संकटको अवस्थामा छ । हामी आफैं आफ्नो जीन्दगीको रक्षक बन्न बाध्य छौं । विकसित तथा सुविधा सम्पन्न मानिएका राष्ट्रले पनि यसको विपत् खेपिरहेका छन् । चीनबाट उत्पत्ति भएर विश्वभरि फैलिएको यसको महामारीबाट विश्व आक्रान्त छ । इटाली, बेलायत, अमेरिकामा यसले नराम्रो असर गरिसकेको छ । विश्वलाई यसले अछुतो राखेको छैन । विकसित राष्ट्रले परिकल्पनासम्म नगरेको क्षति बेहोरिसकेका छन् । इटलीमा मात्र ११ हजार भन्दा बढी मानिसले ज्यान गुमाइ सकेका छन् । यसबाट ७ लाख ८६ हजार ९५७ मानिस संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ३७ हजार ८४३ र संक्रमणपछि निको भएर १ लाख ६५ हजार ९३२ जना सामान्य जीवन यापन गरिरहेका छन् ।

विश्वमा यसले प्राकृतिक महामारीको रूप लिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत शक्ति सम्पन्न राष्ट्र कसैले पनि यसको उपत्ति कसरी भयो ? नियन्त्रणका उपाय के हो ? कसरी नियन्त्रणमा लिने भन्ने उपाय पत्ता लगाउन सकेका छैनन् ।

यसले भीड र सामाजीकरण हुन दिँदैन । त्यसैले हामी आफैं सुरक्षित हुनु उत्तम हो । त्यसैले घरैमा बसेर सुरक्षित जीवन यापन गर्नु नै उत्तम विकल्पका रुपमा देखा परेको छ ।

हामी दैनिक विद्यालय तथा समाजका अन्य कार्यमासामाजिकीकरण हुँदै आएका स्वीकृत शिक्षक दरबन्दीमा कार्यरत शिक्षक १ लाख ९ हजार, साबिकको उच्च माविमा ६ हजार, राहत शिक्षक करीब ३८ हजार, बालकक्षा शिक्षक करिब ३५ हजार र विद्यालय कर्मचारी ३० हजारमाथि र अन्य शिक्षक छौं ।

चक डस्टर, पाठ्यपुस्तक र सानासाना नानीबाबुको छत्रछायाँमा रमाउँदै आएका हामीलाई अहिले घरमा समय व्यतिथ गर्न गाह्रो भएको हुन सक्छ । तर हामीसंग अर्को कुनै विकल्प छैन । हामी घरमा बस्नै पर्नेछ । त्यसैले यो समयको सदुपयोग गरौं । हामीसंग भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकका लेख, पुस्तक छन् तिनैलाई पढौं र आफूलाई एउटा परीक्षाको तयारी गरिरहेको विद्यार्थीका रुपमा रुपान्तरण गरौं । किनकि समयले हामीलाई अर्को विकल्प दिएको छैन् । नेपाल पनि कोभिड १९ को उच्च जोखिममा रहेको कुरा डब्लुएचओले औंल्याइ सकेको छ । त्यसैले नयाँ पुस्तकको रसस्वादन गरौं । यसको अलावा अहिले विश्वले प्रविधिमा तीव्र प्रगति गरिसकेको छ । शिक्षकका लागि उपयोगी फिलिम बनेका छन् तिनलाई हेरौं र आफ्नो शिक्षण शैलीलाई नयाँ उचाइमा लैजाउँ । प्रविधिको सदुपयोग गर्दै नविनतम् शिक्षणविधिको खोज गरौं र यो विपत्पछिका कक्षाकोठामा त्यसलाई प्रयोग गरेर शिक्षालाई रुपान्तरण गरौं ।

 म हिजोआज सिनेमा निकै नै कम हेर्छु । विद्यार्थी कालमा खूब हेरिन्थ्यो । त्यसवेला नयाँ रिलिज भयो कि हेरिहाल्ने, कसैले राम्रो छ भनेर सुनायो कि हेरी हाल्ने गर्थें । अहिले जस्तो सजिलो थिएन उतिवेला । हलमा जाने अथवा डेक भाडामा लिएर हेर्ने वाहेकका विकल्प थिएनन् । अहिले भने सिनेमा हेर्ने सवालमा म अल्छि र कम चासो लिनेहरूमध्ये नै पर्छु । लक डाउनको उपयोग गर्दै हिजो घरमै बसी कम्प्युटरको पर्दामा 'चक एन्ड डस्टर' नामको सिनेमा हेरें । निकै राम्रो र मन छुने खालको रहेछ ।

खासगरी हामी अध्यापन पेसामा रहेकाहरूले त एकपटक हेर्नै पर्ने खालको छ । धेरै साथीले धेरै अघि हेरीसक्नु भएको पनि हुनसक्छ । जसले हेर्नु भएको छैन , लक डाउनको उपयोग गरी घरैमा हेर्नुहुँदा समय सदुपयोग भएकै मान्नु हुनेछ । यसमा सवै घट्ना विद्यालयमा घट्ने खालका र स्वभाविक छन् । हाजिरी जवाफ प्रतियोगिताको आयोजना भने केही अस्वभाविक र नाटकीय लाग्यो मलाई ।

छानेर पढ्नुस्, रोजेर हेर्नुहोस् आफ्नो वौद्धिक क्षमतालाई निखार्नुस् । सिकाइ कक्षाकोठामा मात्र हुँदैन आफ्नो क्षमता अधिवृद्धि गर्नुहोस् । यो समय भनेको धर्यताको विकल्प छैन । हामी सबैले सामाजिक दुरी कायम गर्दै पढ्न रुचि हुनेले पढ्नुस्, लेख्न रुचि हुनेले लेख्नुस् आफू सुरक्षित रही कम तनावमा समय बिताउन सबै शिक्षक साथीलाई अनुरोध गर्न चाहन्छु ।

A Levels MA
Thuprai - Books and E-books