After SEE Portal

हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ: अर्थमन्त्री

Bridge Course

अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् । । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गदै उनले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताए । “अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्यो । विद्यालय उद्योग हुनुपर्यो”, मन्त्री शर्माले भने, “एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुपर्यो ।” उनले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्नेमा जोड दिए ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पूँजी निर्माण हुने उल्लेख गर्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताए । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उनको भनाइ छ ।

सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उनले बताए । “विद्यालयको पूँजी भनेको सामुदायिक हुन्छ”, उनले भने, “त्यस्तै किसिमको अरू सामुदायिक पूँजी निर्माण गर्ने समूह–समुदाय बनाउनुपर्छ ।” मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्नेमा जोड दिए । उनले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउनुहुँदै भने, “अब ठूलो÷मेगा विद्यालय बनाउनुपर्छ र त्यही शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ ।” उनले एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रीकृत गर्नुपर्ने उनको भनाइ छ ।

A Levels MA