A Levels MA

४ लाख ९८ हजार रुपैयाँको नक्कली बिल बनाउने अध्यक्ष र प्रधानाध्यापक विरुद्ध मुद्दा दायर

दैलेखको आठविस नगरपालिका वडा नं ८ स्थित  गणेश आधारभूत विद्यालय, विशालामा आईसीटी व्यवस्थापनमा अनियमितता गर्ने तीन जना विरुद्ध मुदा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको आठबिस नगरपालिका वडा नम्बर ८  स्थित  सो विद्यालयको आईसीटी व्यवस्थापनमा अनियमितता गर्ने तत्कालीन वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो  ।

आयोगले तत्कालीन वडाध्यक्ष तथा गणेश आधारभुत विद्यालय, विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्ति प्रसाद उपाध्याय, गणेश आधारभूत विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष सन्तक बहादुर कामी र विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव अनिल कुमार शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूले ४ लाख ९८ हजार रुपैयाँको नक्कली बिल भर्पाइ भएको अख्तियारको दाबी छ ।

बजेट नै विनियोजन नभएको शीर्षकमा बजेट विनियोजन भएको भन्दै काम नै नगरी काम सम्पन्न भएको सिफारिस गरी रकम हिनामिना गरेको दाबी गर्दै अख्तियारले विशेष अदालत मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को कसुरमा अधिकतम् सजाय हुन मागदावी  गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Thuprai - Books and E-books