After SEE Portal

एउटै विद्यालयको पाँच करोड बाढीले खायो, अन्य छ विद्यालयमा क्षति

Bridge Course

अभिभावक माग र स्थानीय शिक्षा प्रेमीको अथक प्रयास स्वरुप २०६३ मंसिर एकबाट विधिवत रुपमा कक्षा एकबाट सुरु भएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित इष्ट पोइन्ट एकेडेमी अहिले बगरमा परिणत भएको छ ।

बाढी आउनु पूर्वको विद्यालयको अवस्थाःफाटो सौजन्य: दामोदर भारती

गत जेठ ३१ गतेदेखि असार ४ गतेसम्मको अविरल वर्षासंगै आएको बाढीले विद्यालयको भौतिक संरचना बगाई बगरमा परिणत गराएको हो ।

स्थापनाताका कक्षा एकमात्र पढाइ हुने सो विद्यालयमा अहिले कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ । सो विद्यालयमा अहिले ५५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । गत हप्ता आएको बाढीले विद्यालयको आफ्नै नाममा रहेको दुई रोपनी जग्गा सबै बगाएर कुनै बेला यहाँ विद्यालय पनि थियो र भन्ने आभाष दिलाउने विद्यालयका प्रिन्सिपल दामोदर भारतीले बताए । 

फाटो सौजन्य: दामोदर भारती

विद्यालयले जम्मा ६ रोपनी जग्गा भोगचलन गर्दै आएको छ अहिले जम्मा आधा रोपनी जग्गा मात्र बाँकी छ त्यो पनि धाँजा फाटेको छ । विद्यालयको आफ्नै नाममा रहेको दुई रोपनी जग्गा र भाडाको चार रोपनी जग्गा मध्ये भाडाको आधा रोपनी जति जग्गामात्र बाकिँ छ । पाँच दिन सम्म आएको अविरत वर्षासंगैको बाढीले विद्यालयको १८ कक्षा कोठा भएको एउटा भवन, ६ कक्षाकोठाको अर्को भवन, बल्क, १०० जना विद्यार्थीको क्षमता भएको छात्रावास, दुईटा बल्क, हलको लागि बनाएको ट«स्ट, शौचालयको सम्पूर्ण भाग बगाएर बगर बनाएको प्रिन्सिपल भारतीले जानकारी दिए । ‘विद्यालयको कुनै संरचना बाँकी छैन सबै बगर भो ! विद्यालयको अनुमानित पाँच करोड रुपियाँको अचल सम्पत्ति बाढीसंगै बगेर गयो ।’ उनले भने, ‘विद्यालयभन्दा धेरै मेलम्ची र इन्द्रावती खोलादेखि बाढी उर्लिएर आयो एकैछिनमा सुन्दर, शान्त र पारिवारिक वातावरण भएको विद्यालयको पूर्वाधारलाई नष्ट गर्यो ।’

फाटो सौजन्य: दामोदर भारती

सो बाढीले इष्ट पोइन्ट सहित संस्थागत र सामुदायिक गरी जम्मा सात विद्यालयमा क्षति पुर्याएको गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्राविधिक पाचौँ तहका विश्वनाथ भण्डारीले जानकारी दिए । बाढीले क्षति पुर्याएका विद्यालयहरुमा गोल्मा माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, भूमेश्वरी माध्यमिक विद्यालय र मेलम्ची नगरपालिकास्थित तेर्से माध्यमिक विद्यालयमा क्षति पुगेको प्राविधिक भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सो बाढीले संस्थागततर्फ मेलम्ची नगरपालिकाका रहेको समता बोर्डिङ स्कुल र मेलम्ची कम्युनिटी बोर्डिङ स्कुलमा बाढीले क्षति पुर्याएको छ ।

क्षति ग्रस्त विद्यालय मध्ये गोल्मादेवी माविमा कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ भने अन्य विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको गाउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । बाढीले विभिन्न सडक खण्डका पुलहरु भत्काएका कारण क्षति पुगेका विद्यालयसम्म जान नसकेकाले कति आर्थिक क्षति भयो भन्ने एकिन तथ्याङ्क सङ्कलनमा समेत समस्या देखिएको छ । उनले बाढीले गाउँपालिकाको आर्थिक तथा पूर्वाधार लगायत विभिन्न ऐतिहासिक महत्वका विषयमा क्षति पुर्याएको हुँदा क्षतिको विवरण तत्काल सङ्कलन गरिने जानकारी दिए । उनले बाढी प्रभावितका लागि तत्काल राहात पुर्याउने उद्देश्यले अन्य स्थानीय तह, विभिन्न तहका सरकार र इच्छुकलाई सार्वजनिक अपिल गरिएको जानकारी दिए ।

मध्य क्षति पुगेका चार वटा सामुदायिक विद्यालयमध्ये तीन वटा १ देखि १२ कक्षासम्म पढाइ हुने विद्यालय हुन् । गोल्मादेवी मावि प्रारम्भिक बाल विकास कक्षादेखि १० कक्षासम्म पढाइ हुने विद्यालय हो ।

मेलम्ची नगरपालिका–६, तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय पनि बाढीले पूर्ण रुपमा क्षति युर्याएको छ । तेर्से माविका प्रधानाध्यापक कृष्ण ढुङ्गानाले जेठ तीन गतेको बाढीले  विद्यालयका चार वटा कक्षा कोठा, दुई कोठे शौचालय र एउटा स्टोर कक्ष बगाएको जानकारी दिए । विद्यालयका बाँकी भवन पनि उच्च जोखिममा छन् ।

त्यस्तै, अन्य विद्यालयहरुमा आंशिक क्षति पुगेको सम्बन्धित स्थानीय तहले जानकारी दिए । क्षतिग्रस्त सामुदायिक विद्यालयमा पछिल्लो तथ्यांक अनुसार करिब१ हजार ७ सय जना विद्यार्थी अध्ययनरत छन् ।

नतेर्से माविको कक्षा १ देखि ४ सम्मका सबै कक्षा कोठा बाढीले बगाएको छ । बाँकी भौतिक संरचना बचाउने प्रयासमा विद्यालय तथा स्थानीय जुटेका छन् ।

विद्यालयमा प्रारम्भिक बाल विकासदेखि १२ कक्षासम्ममा ५५१ जना विद्यार्थी अध्ययनरत छन् ।

A Levels MA
Thuprai - Books and E-books