A Levels MA

विद्यालयको जग्गा वर्षौदेखि किसानकै कब्जा

झापाको मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको जग्गा बर्षौदेखि स्थानीयले आफूखुसी भोगचलन गर्दै आएका छन् । स्थानीय किसानले आदर्श माविको छ बिघा र मेची विद्योदय प्राथमिक विद्यालयको ११ बिघा जग्गाको आफूखुसी भोगचलन गर्दै आएका हुन् ।

जग्गा भोगचलन गरेवापत स्थानीयले विद्यालयलाई बुभाउनुपर्ने कुतसमेत वर्षौदेखि विद्यालयलाई प्रदान गरेका छैनन् । राससका अनुसार विद्यालयले बर्षौदेखि आफखुसी भोगचलन गरेपछि विद्यालयले आपक्ति जनाएका छन् ।

आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पोखरेल र मेची विद्योदय प्राथमिक विद्यालयका शिक्षक टङ्कप्रसाद अधिकारीले विद्यालयको जग्गा किसानले भोगचलन गरे पनि विद्यालयसँग गरेको सम्झौताअनुसार कुतवापतको रकम नबुझाएको जानकारी दिए । सो जग्गाको कुत स्कूललाई तत्काल बुझाउनका लागि नगरले सर्वदलीय भेला गरेर एनु भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सहसंयोजकमा मेचीनगर नगरकार्यपालिका सदस्य एवं पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल तथा सदस्यमा विष्णुलाल गिरी, रविन्सन थापा, अर्जुन पोखरेल, पवन मेचे, शेरबहादुर बुढाथोकी, उत्तम गिरी, अग्निमाया मेचे, महेन्द्र लावती र दीपक थापा रहेका छन् । मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेत संयोजक र वडा नं ८ का वडाध्यक्ष विकेन्द्र धिमाल सहसंयोजक रहेको सात सदस्यीय सल्लाहकार समितिसमेत भेलाले गठन गरेको छ ।

मेचीनगर नगरप्रमुख विमल आचार्यको संयोजकत्वमा सम्पन्न भएको छलफलमा सहभागीहरुले समस्याको दीर्घकालीनरूपमा टुङ्गोमा पुग्ने निष्कर्षसहित समिति गठन भएको हो । भेलामा सबै राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

Thuprai - Books and E-books