After SEE Portal

नक्कली शिक्षक नियुक्ति  तथा सरुवा

Bridge Course

तत्कालीन जिल्ला शिक्षा कार्यालय, सर्लाहीमा कार्यरत कर्मचारीले नक्कली शिक्षक नियुक्ति समर्थन अभिलेख कायम तथा सरुवा पदस्थापन नक्कली लिखत बनाई गरेको पाइएको छ ।

सर्लाही, हरिपूर्वा नगरपालिका वडा नं ५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा कार्यरत उच्च माध्यमिक शिक्षक पाँचु रायलाई नक्कली कागजात बनाइ पदस्थापना गरेको पाइएको हो ।

डिम जनता माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीको नक्कली नियुक्तिपत्र र जिल्ला शिक्षा कार्यालय, सर्लाहीको उप-जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा सरुवा भई कार्यरत रहेको भन्ने उजुरीको अनुसन्धान गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो तथ्य फेला पारेको हो ।

साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका तत्कालीन उप-जिल्ला शिक्षा अधिकारी हाल लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीका शिक्षा शाखा प्रमुख ९उप(सचिव० वासुदेव तिमल्सिनाले साविक डिम जनता उच्च माध्यमिक विद्यालय, सर्लाहीमा उच्च माध्यमिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएको  रायलाई नियुक्ति प्रक्रिया, हाजिरी रेकर्ड लगायतका अभिलेख वेगर  सरुवा गरेको पाइएको छ  ।

शिक्षक सरुवा पदस्थापन गर्ने अधिकार प्राप्त अधिकारीको निर्णय विना नै  तिमल्सिनाले रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीको तत्कालीन उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न  नक्कली लिखत बनाएको पुष्टि भएको हो ।

वदनियतपूर्वक सार्वजनिक संस्थामा नक्कली शिक्षक हुने व्यवस्था मिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही ऐनको दफा ९ ले व्यवस्था गरेबमोजिम कैद र जरिवाना मागदाबी गर्दै अख्तियारले आज मुद्दा दायर गरेको छ।

डिम जनता उच्च माध्यमिक विद्यालयका, प्राचार्य हाल रामअवतार जनता माध्यमिक विद्यालय, हरिवन, सर्लाहीका प्रधानाध्यापक नारायण प्रसाद बरालले शिक्षक अनुदान कोटातर्फको अर्थशास्त्र विषयको शिक्षक पदमा करार नियुक्त गरेको भनी नक्कली लिखत बनाएको अख्तियारले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

सार्वजनिक संस्थामा नक्कली शिक्षक हुने व्यवस्था मिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही ऐनको दफा ९ ले व्यवस्था गरेबमोजिम कैद र जरिवानामागदाबी गरेका छ।

साथै, श्री केश्वर गरिब जनता माध्यमिक विद्यालय, हरिपूर्वा, सर्लाहीका शिक्षक पाँचु रायले साविक डिम जनता उच्च माध्यमिक विद्यालय, सर्लाहीको निर्णयानुसार उच्च माध्यमिक शिक्षकको रुपमा करार नियुक्ति भएको भन्ने व्यहोरा उल्लेख भएको नियुक्तिको नक्कली लिखत तयार गर्न र साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीबाट उक्त नियुक्तिको समर्थनरअभिलेख कायम गरी केश्वर गरिब

जनता माध्यमिक विद्यालय, हरिपूर्वा, सर्लाहीमा सरुवा पदस्थापनाको नक्कली लिखत तयार गर्न मिलोमतो गरी सोही नक्कली लिखतहरुको आधारमा केश्वर गरिब जनता माध्यमिक विद्यालय, हरिपूर्वा, सर्लाहीमा उच्च माध्यमिक शिक्षक अनुदान कोटाको शिक्षकको पदमा कार्यरत रही सोही ओहोदाबाट २०७४ सालको निर्वाचनमा मतदान अधिकृतको समेत कार्य गरी पाँचु रायले नक्कली कागजातको आधारमा विद्यालयको शिक्षक बनी आफूले नपाएको ओहदा, अधिकार, हैसियतसमेतमा रहने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही ऐनको दफा १५ ले व्यवस्था गरेबमोजिम कैद र जरिवाना गर्न मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८, दफा २९ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

A Levels MA