After SEE Portal

लोकप्रियताका लागि समकक्षता सम्बन्धी झुटो समाचार आयोः प्राडा यादव

Bridge Course

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले सञ्चार माध्यममा आएको गलत समाचारको खण्डन गरेको छ

गण्डकी प्रदेश बाग्लुङका सजग पौडेलको समकक्षता बारे निरन्तर भ्रामक समाचार प्रकाशित भएकोमा त्रिवि पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण भएको  जनाएको हो ।

Indian Institute of Technology, Kharagpur Master of Technology in Aerospace Engineering  को समकक्षता उपाधी  प्रमाणपत्रमामा Indian Institute of Technology, Kanpur उल्लेख भएकोमा समकक्षता cfj]bg  online  प्रणाली भएकाले सिस्टमबाटै बनेको समकक्षतापत्र सजग पौडेलका बाबु जगदीशचन्द्र उपाध्यायले २०७९ कार्तिक २४ गते  बुझेको केन्द्रले जनाएको छ ।

जगदीशचन्द्रलाई उक्त त्रुटिपूर्ण समकक्षतापत्र पाठ्यक्रम विकास केन्द्रमा सक्कलप्रति नै बुझाउन भनी Indian Institute of Technology, Kanpur बाट हालसम्म उक्त उपाधि समकक्षता नभएकाले सजग पौडेलको शैक्षिक प्रमाणपत्रमा उल्लेख भएकै क्ष्लमष्बल क्ष्लकतष्तगतभ या त्भअजलययिनथ, प्बलउगच भन्ने संस्था उल्लेख गरी आवेदन सहित प्रक्रियामा आउन  केन्द्रले सूचित गरेको थियो ।

उनले भनेकोमा निजले २०७९ मंङसिर २६ गते पुनः समकक्षता प्रक्रियाका लागि आवेदन गरेकोमा केन्द्रले तत्काल नै प्रक्रियाका आवश्यक कागजात बुझाउन भनेकोमा लामो समय कागजात नबुझाई बसेको र संचार माध्यमलाई त्रुटीपूर्ण पत्र उपलब्ध गराई त्रिवि। को बदनाम गर्ने उद्देश्यले आधारहीन समाचार बनाउन लगाइएको  केन्द्रका कार्यकारी निर्देशक प्राड पारस नाथ यादवले बताए ।

विभिन्न सञ्चार माध्यमले पुस  १४, १७ र १९ को संस्करण तथा सामाजिक संजालमा भ्रामक तथ्यको समाचार बनाई प्रकाशमा ल्याएको  केन्द्रको दाबी छ ।

 जगदीश चन्द्र उपाध्यायले लामो समयपछि छोरा सजग पौडेलको उल्लेखित प्रक्रियागत आवेदनको फाइलगत पुस १८ गते मात्र पेश गरी संचार माध्यममा सार्वजनिक निकायको निर्धारित कार्य प्रणाली बारे भ्रामक विषय सम्प्रेषण गरेको र संचारमाध्यमले पनि यस केन्द्रसँग आवश्यक तथ्य सम्वन्धी विषय बुझ्दै नबुझी सम्प्रेषण गर्नुले संचार माध्यम यथार्थभन्दा पनि लोकप्रिय बन्न सार्वजनिक निकायप्रति भ्रम फैलाउन लागेको  केन्द्रके दाबी छ ।

सञ्चार माभ्यममा आए जस्तो निज सजग पौडेलले नभई उनको हकमा निजका बाबु जगदीश चन्द्र उपाध्यायले समकक्षताका लागि आवेदन दिएका र उक्त आवेदन दिने वित्तिकै प्रक्रियागत फाइल बुझाउनु पर्नेमा नबुझाई बसेको र उल्टै आफ्नो फाइल पाठ्यक्रम विकास केन्द्रले हराइदिएको भन्ने आरोप निराधार  भएको केन्द्रले जानकारी दियो ।

कुनै पनि आवेदकले त्यस्तो फाइल बुझाउने बित्तिकै कार्यालयले फाइल बुझेको प्रक्रियागत पत्र दिने गर्दछ । उक्त पत्र निजसँग माग्दा दिन नसकेकाले नै २०८० पुस १८ गते मात्र Master of Technology in Aerospace Engineering, Kanpur को फाइल प्रक्रियाका लागि निज जगदीश चन्द्रले बुझाएका छन् ।

उनले प्रक्रियागत समकक्षताका लागि पुनः आवेदन शुल्क तिरेको भन्ने तथ्य पनि पुरै भुट्टो भएको प्राडा यादवले बताए । उनले ले २०७९ मंङसिर २६ गते गरेको भुक्तानीबाहेक पुनः शुल्क भुक्तानी गरेको अभिलेखमा छैन । ‘यसरी नगरे नभएको कुरालाई मिडियामा लिने र मिडियाले पनि यथार्थ नबुझी प्रकाशन गर्ने कार्यले त्रिवि। जस्तो गरिमामय संस्थाको साख गिराउने भएकोले उक्त समाचार र सामाजिक सञ्जालमा आएको कुरा विश्वास नगर्न सबैमा अनुरोध छ ’ उनले भने ।

A Levels MA