After SEE Portal

घुस सहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ

Bridge Course

काठमाडौँको कागेश्वरी मनहरा–१, गागलफेदीस्थित श्री सिद्धिगणेश माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १६ हजार घुससहित पक्राउ परेका छन् । विद्यालयका प्रधानाध्यापक बुद्धिविलास रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज कुमार थापा घुससहित पक्राउ परेका हुन् ।

उनीहरुले शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग १६००० रुपैयाँ घुस रिसवत लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए ।

त्यसैगरी शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरमा कार्यरत शिक्षक रामचन्द्र मण्डलले शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुन्सधानमा मगध विश्वविद्यालय, बोधगया भारतबाट लिएको प्रमाणपत्र नक्कली पाइएको हो । मण्डडलले उक्त विश्वविद्यालयबाट लिएको बीएस्सीको प्रमाणपत्र नक्कली पाइएको अख्तियारले जारी गरेको सूच्नामा उल्लेख छ ।

अस्थाई सेवा प्रवेश गरी स्थायी भएका शिक्षकलाई आज आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदावी गर्दै आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

A Levels MA