नक्कली प्रमाणपत्र बिहारको, रोजगारी नेपालको

भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याई शिक्षा सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नुवाकोटको विदुरस्थित श्री कन्यादेवी आधारभूत विद्यालयमा प्रावि तृतीय श्रेणीका शिक्षक मञ्जुकुमारी थापा (ओझा) विरुद्ध सोमबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।थापा २०५५ मंसिर ११ गते साविक श्री कन्या देवी निम्न माध्यमिक विद्यालयमा प्रावि तहको अस्थायी शिक्षक दरबन्दीमा नियुक्त भएकी थिइन् ।२०७५ चैत २९ गते श्री कन्या देवी आधारभूत विद्यालयमा स्थायी नियुक्तिका लागि भारतको विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको झुटो शैक्षिक प्रमाणपत्र पेस गरी लाभ लिएको अख्तियारको ठहर छ ।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम उनले कसुर गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal