After SEE Portal

नक्किली अडियोको मध्यपश्चिम विश्वविद्यालयद्वारा भर्त्सना, भिडियो सार्वजनिक गर्न उपकुलपतिको चुनौती

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयले सामाजिक सञ्जालमा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको सम्मानमा आँच पुग्ने गरिगरिएको प्रचारको भर्त्सना गरेको छ । विश्वविद्यालका उपकुलपति प्राडा नन्दबहादुर सिंहले व्यक्त गरेको भनिएको एनिमेटेट अडियोप्रति भर्त्सना गरेको छ ।

विश्वविद्यालयलाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ अघि बढेको विश्वविद्यालयको प्रगति देख्न नचाहने र विश्वविद्यालयलाई आफ्नो राजनैसितक अखडाको रुपमा विकसित गराउने गिरोहले विश्वविद्यालयमा सिलसिलाबद्ध आक्रमण गरेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हिजो साझ ५ बजेर ४२ मिनेट जाँदा उपकुलपतिको निवास र परीक्षा व्यवस्थापन कार्यालयमा भएको तोडफोडका घटनाप्रति विश्वविद्यालय प्रशासनले घोर भर्त्सना गरेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्वविद्यालयलाई ध्वस्त पार्न परिवर्तित राजनैतिक व्यवस्थाको अवसर उठाएर एउटा समूहले आपराधिक क्रियाकलापको सहारा लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्राडा सिंहले विश्वविद्यालयका भ्रष्टलाई ठाउँ नदिएपछि आफूविरुद्ध घेराबन्दी भएको बताए । ‘‘राजनीतिक नेतृत्वलाई गलत तरिकाले आफ्नो पक्षमा पार्न सक्रिय तत्वले अहिले समस्या सिर्जना गरिरहेको छ,’ उनले भने, ‘विद्यार्थी उचाल्ने, नक्कली अडियो तयार गरी विश्वविद्यालयमा सुधार ल्याउन खोज्ने पदाधिकारीलाई हतोत्साही बनाउने प्रयास भइरहेका छन् । त्यस्ता कुण्ठित मानसिकताबाट म डराउँदिन ।’

विश्वविद्यालय प्रशासनले बारम्बार र्वाता तथा सम्बादबाट उत्पन्न समस्या समाधान गर्न पहल गरिरहेको समयमा विश्वविद्यालयको भौतिक सम्पत्ति माथि गुण्डागर्दीको शैलीमा रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले बताए । ‘हिजो साझ आततीय शैलीमा विश्वविद्यालयमा आक्रमण भएको छ ।’ उनले भने, ‘विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र विद्यार्थी संगठनबीच वार्ता भइरहेका बेला बुधबार साँझ केही विद्यार्थी तोडफोडमा उत्रिएका थिए । ढुंगामुढा प्रहारबाट ती दुई कार्यालयका झ्यालढोका सिसा र  गाडीमा क्षति पुगेको छ ।’

प्रजातान्त्रिक व्यवस्थामा विरोध हुनु भने ठुलो कुरा होइन तर एक्कासी बिना सूचना छापामार शैलीमा आक्रमण गर्नु निन्दनीय भएको उपकुलपति प्राडा सिंहले बताए ।

७६ करोड बेरुजु भएको विश्वविद्यालयमा बेरुजुलाई आगामी वर्षसम्म शून्यमा  झार्ने नीति नै अपाच्य भएको उपकुलपति प्राडाले बताए । मध्यपश्चिम एकीकृत योजनाबाट विरोधीहरु डराएका  हुन् । होटलमा  गएर जाँड रक्सी खाने, अपराधिक गतिविधिमा संलग्न हुन नसक्दा विरोध भएको हो । २५ जना योग्य शिक्षक छनोटका  लागि विज्ञापन गर्दा विरोध  भएको छ, साधारण व्यक्तिले होटलमा  जाँड खाएको, प्लेन चढेको बिलको सम्बोधन नगर्दा मानिसहरु डराएको हुन् । हाम्रो विश्वविद्यालयमा  जागिर खाएर नीजि कलेजमा शिक्षण गर्ने नै आन्दोलनमा  उत्रिएको उनले बताए ।

एक रुपयिाँ भ्रष्टाचार गरेको छैन संविधानको कदर गर्छु । आफूले बोल्दै नबोलेको कुरा सार्वजनिक गर्ने व्यक्तिलाई उनले एनिमेटेड अडियो मात्र होइन भिडियो सार्वजनिक गर्न उपकुलपति  प्राडा सिंहले चुनौती समेत दिएका छन् । 

A Levels MA
Thuprai - Books and E-books