After SEE Portal

सुविधा सम्पन्न छात्रावास, मन्टेसरी पद्धतिको पठनपाठन सुरु गर्दै पद्यकन्या विद्याश्रम

Bridge Course

आवासीय सुविधा सहति प्रविधिमैत्री वातावरणमा  पठनपाठन । बालविकास सहजकर्तालाई प्राथमिक तहको शिक्षक सहर पारिश्रमिक । कक्षा  दुई सम्म पूर्ण रुपमा मन्टेसरी पद्धति मार्फत पठनपाठन गराउने लक्ष्यका  साथ पद्यकन्या विद्याश्रमले आफ्नो योजना कार्यन्वयन गर्न सुरु गरेको छ ।

नेपालको शैक्षिक इतिहासमा एउटा छुट्टै पहिचान छ काठमाडौंको डिल्लीबजार स्थिति पद्यकन्या विद्याश्रमको । जहानियाँ राणा शासन रहेकै समयमा २००४ सालमा स्थापित यो विद्यालयको अर्को छुट्टै विशेषता छ । यो विद्यालयमा छात्रामात्र पढ्छन् ।

आज भोलि भनिन्छ सामुदायिक विद्यालयमा विद्यार्थी पढ्दैनन् । पढाइ पनि राम्रो हुँदैन तर यसको ठिक विपरित छ यो विद्यालय । यहाँ देशको विभिन्न ठाउँबाट आएर काठमाडौंलाई आफ्नो कार्यस्थल बनाएका आमाबुबाका ९ सय भन्दा बढी छोरीहरू पढ्छन् ।

शैक्षिक सत्र २०७३ देखि नै प्राविधिकधार तर्फ सिभिल ईञ्जिनियरिङको कक्षा सञ्चालन गर्दै आएको यो विद्यालयले दुई व्याचका सिभिल इञ्जिनियर उत्पादन गरेर बजारमा पठाइसकेको छ । सिभिल इञ्जिनियर पढेका छात्राले आफूले प्रमाण पत्र लिएपछि तत्काल बजारमा बिक्न सकेको विद्यालयका प्रधानाध्यापक रिता तिवारी बताउँछिन् । ‘केही विद्यार्थी लोकसेवा पास गरेर निजामती सेवामा प्रवेश गरेका छन्, केही नेपालमा नै उच्च शिक्षाम अध्ययन गरिरहेका छन् भने केही आफ्नो भविष्यको उत्कृष्ट गन्तव्य खोज्दै विदेशिएका छन् ।’ उनले भनिन्, ‘केही विद्यार्थी विषयान्तर गरेर स्नातक पढिरहेका छन् तर धेरै विद्यार्थी रोजगारीमा छिरिसकेका छन् ।’

विद्यालयले आफ्नो विद्यालय स्तरीय पढाइको अन्त्यसंगै तत्काल स्वरोजगार विद्यार्थी उत्पादन गर्ने उद्देश्यले चालु शैक्षिक सत्रदेखि सौन्दर्य कला विषयको कक्षा सञ्चालन गर्दै छ । पहिलो वर्षमा नै १५ जना विद्यार्थीले ऐच्छिक विषयको रुपमा यो विषय रोजेको विद्यालयले जानकारी दियो ।

यसका अलावा विद्यालयले केही नयाँ आयामको सुरुआत गर्दै छ । विद्यालय आगामी शैक्षिक सत्रबाट आवासीय बन्दैछ । कठिन अवस्थामा रहेका, बाहिर बस्न नसक्ने अवस्थामा रहेका विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै विद्यालयले आधुनिक सुविधा सम्पन्न ४४ कोठे छात्रावास निर्माण गरेको छ ।

महिला नेत्री मंगलादेवी सिंहका नाममा साढे तीन तल्लाको ४४ कोठे आधुनिक छात्रावास निर्माण भइसकेको छ तर २०७२ सालमा क्षतिग्रस्त भएको विद्यालयको रेट्रोफिटिङको काम भइरहेको हुनाले विद्यालयको शैक्षिक तथा प्रशासनिक काम छात्रवासका लागि निर्माण भएको भवनबाट सञ्चालन भइरहेको छ । सो भवन असोजसम्ममा खाली गरी स्थानीय सरकार र दाताको सहयोगमा आगामी शैक्षिक सत्रदेखि करिब ७० जना विद्यार्थीलाई आवासीय सुविधासहित पठनपाठन गराउने लक्ष्य रहेको प्रधानाध्यापक तिवारीले बताइन् । ‘छात्रावास भवन निर्माण भइसकेको छ, तर विद्यालय भवन पुनः निर्माण भइरहेको हुनाले विद्यालयको सम्पूर्ण काम छात्रावास भवनबाट सञ्चालन भइरहेको छ ।’ उनले भनिन्, ‘असोजसम्ममा सिफ्ट भएर अर्को शैक्षिक सत्रमान्यूनतम शुल्क लिएर छात्रवास सञ्चालन गर्छौं ।’

प्राविधिक धारको सिभिल इन्जिनियरिङ, शिक्षा, मानविकी र व्यवस्थापन विषयमा कक्षा ११–१२ सम्म विद्यालयले पठनपाठन गराउँदै आएको छ । २०६४ सालदेखि कक्षा ११–१२ सञ्चालन गर्दै आएको छ । विद्यालयले बालबालिकामा नेतृत्व क्षमता अभिवृद्धि गर्दै बालबालिकाको सामाजिकीकरणमा थप सहयोग पुर्याउने उद्देश्यले स्काउट, जुनियर रेड्क्रस, इको क्लब र

कुनै दिन विद्यार्थी विद्यालय नआएमा अभिभावकसंग सम्पर्क गरी जानकारी लिने गरेको छ । विद्यालयले कक्षा ६ देखि १० सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यम भाषामा पठनपाठन गराउँदै आएको को छ ।

सिकाइलाई प्रविधिमैत्री बनाउने लक्ष्य सहति विद्यालयले १५ जना शिक्षकलाई ल्यापटप प्रदान गरेको छ। महिला क्रिकेट प्रशिक्षण केन्द्र निर्माण र संगीतमा रुचि भएका विद्यार्थीका लागि संगीत कक्षा सञ्चालन गर्ने विद्यालयको योजना छ । हरेक कक्षालाई प्रविधिसंग जोड्न् अभियानमा विद्यालय जुटेको छ । हरेक कक्षामा स्मार्ट बोर्ड राख्ने विद्यालयको योजना छ । विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकलाई पनि ल्यापटप प्रदान गर्ने विद्यालयको योजना रहेको विद्यालयले जानकारी दियो ।

मन्टेसरी कक्षा सञ्चालनहुने

प्रदेश सरकारको सहयोगमा विद्यालयले मन्टेसरी कक्षा सञ्चालनमा ल्याउने भएको छ । प्रदेश सांसद् दीपेन्द्र श्रेष्ठले प्रदान गरेको ५० लाख रुपियाँ सहयोगमा विद्यालयले मन्टेसरी भवन निर्माण गरिरहेको छ । एक तले उक्त भवनमा नर्सरीदेखि कक्षा दुई सम्म पूर्ण मन्टेसरी पद्धति मार्फत सिकाइ गराउने विद्यालयको योजना छ । विद्यालयले आगामी वर्ष देखि नै यो पद्धतिमा पठनपाठन गराउनका लागि स्रोत तथा कक्षाकोठा व्यवस्थापनका लागि विभिन्न दातृ निकाय, पूर्व विद्यार्थी तथा अन्यसंग सहयोगका लागि अपिल गरेको प्रधानाध्यापक तिवारीले जानकारी दिइन् ।

बालविकास सहजकर्तालाई प्रवि शिक्षक सरह पारिश्रमिक,कर्मचारीलाई पनि थप

विद्यालयमा प्राविधिक धारतर्फका प्रशिक्षक ७ जना, शिक्षक ४५ जना, लेखामा ३ जना, बालविकास सहजकर्ता एक जना, आया एक जना, स्विपर एक जना गेटपाले एकजना कार्यरत छन् ।

अहिले देशैभरिका बालविकास सहजकर्ता पारिश्रमिकका विषयलाई लिएर आन्दोलनमा छन् । तर यो विद्यालयले भने बालविकास सहजकर्तालाई न्योचित व्यवस्थापन गर्दै आएको छ । विद्यालयले बालविकास सहजकर्तालाई सरकारले दिएको पारिश्रमिकमा आफ्नै स्रोतबाट व्यवस्थापन गरेर प्राथमिक तहका शिक्षक सरह पारिश्रमिक प्रदान गर्दै आएको प्रधानाध्यापक तिवारीले बताइन् ।

बालविकास सहजकर्तालाई मात्र होइन विद्यालयमा कार्यरत अन्य कर्मचारीलाई पनि उनीहरूको पारिश्रमिकमा तीन हजारदेखि पाँच हजार रुपियाँ सम्म थप गरेर प्रदान गर्दै आएको छ । ‘बालविकास सहजकर्ताको तलब प्राथमिक तहको शिक्षक सरह छ ।’ प्रधानाध्यापक तिवारी बताउँछिन्, ‘अन्य तहका कर्मचारीलाई पनि तह अनुसार पाँच हजार रुपियाँ सम्म थप गरेर प्रदान गर्दै आएका छौं ।’

विद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गामा निर्मित भवनको १० ओटा सटर भाडामा लगाएको छ । सोही सटरको भाडाबाट उठेको पैसाले शिक्षक कर्मचारीको व्यवस्थापन गर्दै आएको छ ।

पुस्तकालयको व्यवस्थापन र सुदृढीकरण गरी ई–लाइब्रेरी बनाउने लक्ष्यका साथ विद्यालयले निर्माण कार्य सुरु गरिसकेको छ । सामाजिक विकास मन्त्रालयको सहयोगम विद्यालयम रेट्रो फिटिङ र क्यान्टिन निर्माणको कार्य भइरहेको छ । राष्ट्रिय पुनः निर्माण प्राविधिकरण मार्फत एक वर्ष अघि सुरु भएको पुनः निर्माण कार्य अबको तीन महिना भित्र निर्माण सम्पन्न भइ हस्तान्तरण हुने आशामा विद्यालय बसेको छ । रु. ५ करोड लागतमा विद्यालय पुनः निर्माण भइरहेको छ ।

विद्यालयको प्रशासनको तीनै तहमा महिला

वि स २०३१ सालमा काठमाडौमा जमिएकी तिवारीले वि स २०५५ सालमा केमिस्ट्रीमा स्नातकोत्तर गरेकी थिइन् । साथै उनले एम एड समेत गरिन् ।आफ्नो उच्च शिक्षा विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट पुरा गरेको भए पनि पेसा शिक्षण रोजिन् । विगत १७ वर्ष अगाडिदेखि शिक्षण पेसा अंगाल्दै आएकी तिवारीले विद्यालयको प्रधानाध्यापकको जिम्मेबारी अंगालेको ९ वर्ष पुरा भयो । उनले कुसल रुपमा विद्यालय सञ्चालन गर्दै आएको उनका सहकर्मीहरू बताउँछन् । उनका साथै विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र शिक्षक अभिभावक संघको अध्यक्ष पनि महिला नै छन् । सबै तहमा महिला भएका कारण काममा सहजता भएको निर्णय प्रक्रिया पनि पारदर्शी हुने गरेको प्रधानाध्यापक तिवारीको दाबी छ । ‘प्रधानाध्यापकको जिम्मेबारी सम्हालेका केही समय लैङ्गिक आधारमा विभेद भएको पाएँ, केही अग्रजहरूले नपत्याएको महसुस गरेकै हो ।’ उनी भन्छिन्, ‘काममा पारदर्शिता र निर्णयमा कडाइ भएपछि सबै विस्तारै हट्दै गयो अहिले महिला हुँ कमजोर छु जस्ते लाग्दैन अझै गर्न धेरै बाँकी छ भन्ने सोच मात्र आउँछ ।’

गाणित र विज्ञानको स्तर कोरोनाले धेरै बिगार्यो

कोभिडका कारण सम्पूर्ण शिक्षा क्षेत्र धारासायी भएको छ । यो क्रममा  विद्यालयले प्रभवकारी रुपमा  वैकल्पिक कक्षा सञ्चालनमा  ल्याएको विद्यालयको दाबी छ । तथापि विद्यालयका  अधिकांश छात्राहरूको   गणित र विज्ञानको शैक्षिक स्तर खस्केको विद्यालयले पाएको छ ।

यी विषयको सुधारका लागि विद्यालयलले अतिरिक्त कक्षा सञ्चालनका विषयमा छलफल सुरु  गरिसकेको छ ।‘कोभिडका दुई वर्ष शिक्षा र विद्यालय शिक्षाका लागि कोलो युगका रुपमा रह्यो हामीले वैकल्पिक कक्षा अनलाइन मार्फत तीन सिफ्टमा  सञ्चालन गर्यौ ।’ प्रधानाध्यापक तिवारी भन्छिन्, ‘प्रत्यक्ष कक्षा जस्तो भर्चुअल कक्षा हुन सकेन, भाषा र गणित, विज्ञानमा विद्यार्थीको अवस्था बिग्रियो यसको सुधारका लागि हामी अतिरिक्त कक्षा सञ्चालन गर्ने तयारीमा लागिरहेका छौं ।’

 

A Levels MA
Thuprai - Books and E-books