After SEE Portal

समितिको बैठकमा दिएको उदाहरणले शिक्षकहरूको मर्यादामा आँच पुगेकोमा दुख व्यक्त

Bridge Course

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साउन १९ गतेको बैठकमा आफ्नो समस्या राख्ने क्रममा उदाहरणको रुपमा दिएको उदाहरणलाई अभिव्यक्तिका रुपमा लिएकोमा दुख व्यक्त गरेको छ ।

कार्यालयले विज्ञप्ति जारी गर्दै उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आधा घण्टा ‘उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, गुणस्तर, समस्या–चुनौती र आगामी योजना’ विषयमा सम्बोधन गर्ने क्रममा हाजिरी मेसिन लाने प्रवृत्ति देखिएको भन्ने सानो क्लिपलाई मात्र समाचारको रुपमा प्रयोग गरिएको भनिएको छ ।

‘हाजिरीको विषयमा दिएको अभिव्यक्तिको उदाहरणले विश्वविद्यालयका सक्षम, इमान्दार र कर्तव्यनिष्ठ शिक्षकहरूको मर्यादामा आँच पुगेको भए त्रिवि उपकुलपतिको कार्यालय दुख व्यक्त गर्दछ।’ विज्ञप्तिमा भनिएको छ ।‘विश्वविद्यालयका समस्याहरू बताउने क्रममा संसारमा प्राध्यापकले विश्वविद्यालयको सम्पत्तिमा क्षति पु(याउने कुरा सोच्न पनि सकिदैन, तर हाम्रोमा हाजिरी मेसिन उठाउने जस्तो घटना पनि भएको छ भनी उदाहरणको रूपमा बताइएको थियो। उपकुलपतिले आधा घण्टाभन्दा बढी समय बोलेकोमा समाचार सम्प्रेषण गर्दा सानो क्लिप मात्रै बाहिर आएको देखिन्छ । सक्षम, इमान्दार र लगनशील शिक्षकहरूको कारणले मात्रै विश्वविद्यालय आज अगाडि बढ्न सकेको कुरामा दुई मत छैन ।’

उपकुलपति बाँस्कोटाले त्रिविका समस्या समाधान गर्न सदस्यहरूले दिएको सुझावलाई विश्वविद्यालयले मार्गदर्शनको रुपमा लिएको उल्लेख गरिएको छ ।

संसदहरूले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको डरलाग्दो अवस्था, त्रिविको क्यालेण्डर कार्यान्वयनको अवस्था, परीक्षाको काम कारबाहीमा भएको ढिलासुस्ती, समकक्षता, पाठ्यक्रम, अन्तर्राष्ट्रियकरण आदि विषयमा चासो राखेको उल्लेख गरिएको छ ।

उपकुलपतिबाट सरकारले स्वीकृत दरबन्दीबापतको रकम उपलब्ध नगराएको, निवृत्तिभरणको दायित्व नलिएको, २ वर्षदेखि बढेको तलब नपाएको कारणले विश्वविद्यालय सञ्चालनमा कठिनाई भएको समितिको बैठकमा अवगत गराएका थिए ।

 उनले भूकम्पले क्षति भएका भवनका लागि सरकारले अन्य क्षेत्रमा लगानी गरेपनि उच्च शिक्षामा अनुदान नदिएको कारणले रेड स्टिकर भएका क्याम्पसमा कक्षा सञ्चालन गर्नुपरेको तथा चर्को राजनीतिक हस्तक्षेप र संरक्षणका कारणले उच्च शिक्षामा सुधार गर्न गाह्रो भएको विषय राखेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा यी समस्याको समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने, एक्लै उपकुलपतिले केही गर्न नसक्ने हुनाले उच्च शिक्षा सुधारका एजेण्डामा सबै राजनीतिक दलको सहयोगको अपेक्षा गरेका थिए ।

A Levels MA