After SEE Portal

कार्यपालिका बैठक भत्ता शिक्षकको तलबमा

Bridge Course

आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकलाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएकामा आगामी वैशाखदेखि कम्तीमा दुईवटा स्कुल बस सामुदायिक विद्यालयलाई प्रदान गरी सेवा सञ्चालन गर्न लागेकोे छ ।

गाउँपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता, असहाय र गरिबका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको  छ । 

A Levels MA
Thuprai - Books and E-books