After SEE Portal

शिक्षक सेवा आयोगको परीक्षा पद्धतिको अवलोकन गरिनेः मन्त्री श्रेष्ठ

Bridge Course

शिक्षक सेवा आयोगले लिने परीक्षा र आवेदन सम्बन्धी मापदण्डलाई पुनरवलोकन गर्ने भएको छ।

यसका लागि कार्यदल गठन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बुधबार संघीय प्रतिनिधिसभा बैठकमा विशेष र शून्य समयमा सांसद्ले सोधेको प्रश्नको जवाफमा बताएकी  हुन्।

अध्यापन अनुमतिपत्र तथा सेवा आयोगको परीक्षामा सोधिने प्रश्नहरुमाथि अध्ययन भइरहेको संसद्मा जावाफ दिएकी छिन् ।  ‘सूचना प्रविधिको अहिलेको समयमा कस्तो शिक्षकबाट पठनपाठन भइरहेको छ भनेर अध्ययन गर्न विज्ञसम्मिलित समिति बनाइएको छ।’उनले भनिन्, ‘अहिलेको एआइको जमानामा हामीले शिक्षक पोडागोजीबाट मात्र छनोट गरिहरहेका छौं यसमा के गर्न सकिन्छ कार्यदलले काम गरिरहेको छ ।’

उनले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको जानकारी गराइन् । ‘उत्तरपुस्तिका हराएको, तोकिएको समयमा परीक्षा सञ्चालन हुन नसकेको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको छ।’ उनले भनिन्, ‘त्रिविको  परीक्षा नियन्त्रण कार्यालयको सिस्टम डिजिटलाइजेसनमा लान टेण्डर प्रक्रियामा गएको मलाइ जानकारी आएको छ ।’

शिक्षामन्त्री श्रेष्ठले नेपालमा थप मेडिकल कलेज खोलेर विदेशी विद्यार्थी ल्याउन सकिने वा नसकिने विषयमा गृह मन्त्रालयसँग छलफल भइसकेको बताइन्।  ‘अहिले नेपालमा आउने विदेशीलाई पर्यटक र गैर–पर्यटन भनेर छुट्याइने रहेछ । अध्ययनका लागि आउनेका विषयमा पनि के गर्न सकिन्छ भनेर अध्ययन तथा छलफल भइरहेको छ’ उनले भनिन ।

पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति छनोटका लागि विज्ञको सर्च कमिटिले मूल्यांकन गर्ने छ । त्रिविको रेक्टर र रजिष्ट्रार नियुक्तिका लागि सहकुलपतिको रोल भन्दा उपकुलपति र कुलपतिको भूमिका हुने जानकारी गराइन् ।

पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति छनोटका लागि विज्ञको सर्च कमिटिले मूल्यांकन गर्ने छ । त्रिविको रेक्टर र रजिष्ट्रार नियुक्तिका लागि सहकुलपतिको रोल भन्दा उपकुलपति र कुलपतिको भूमिका हुने जानकारी गराइन् ।

कक्षा १ मा भर्ना भएका र कक्षा १०मा पुग्दा हराएका विद्यार्थी कहाँ गए भन्ने अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निदेशन दिएको उनले बताइन् । उनले विचैमा विद्यालय छोड्नेको वास्तविक दर कति छ त्यसको अध्ययन गर्न निर्देशन दिइएको बताइन् ।

शासन प्रशासनका बारेमा विद्यार्थीलाई जानकारी दिन गरिएको व्यवस्थामा राजनीति नगर्न आग्रह गरिन् ।   ‘के विद्यार्थीले राजनीतिक मात्रै सिक्ने त ? रु देशको सरकारी कार्यालय कसरी चल्छ, कसरी प्रभाव पार्नु पर्छ भनेर  सिक्नु पर्दैन रु हाम्रो देशमा नेता मात्रै चाहिएको हो र रु के अब्बल कर्मचारी चाहिएको छैन ?  उनले भनिन् ‘श्रमसंग शिक्षा जोडिएन भन्नु हुन्छ बेरोजगारको कारखाना भयो भन्नु हुन्छ, विमानस्थलमा युवाको लर्को देखेर दुख पोख्नु हुन्छ, काम गर्न किन नसकिाउने ? मन्त्रालयमा गर्न खोजेको त्यही हो । आवश्यकता र विद्यार्थीको रुची अनुसार राज्यलाई सिमित संख्यामा आर्थिक भार नपार्ने गरी गोप्य सूचनामा पहुँच नहुने गरी, कर्मचारीकै मातहतमा मापदण्ड बनाएर कर्मचारीकै नै नेतृत्व हुने गरी काम गन खोजिएको हो।’

 

A Levels MA