After SEE Portal

कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्दै परीक्षा बोर्ड

Bridge Course

सरकार राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का नियमित तर्फका विद्यार्थीबाट लिएको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । परीक्षार्थीले आवेदन शुल्क शीर्षकमा तिरेको प्रतिविद्यार्थी रु. छ सय मध्ये दुई सय परीक्षा तयारी खर्चमा कटाई बाँकी रहेको चार सय रुपियाँ कक्षा १२ को परीक्षा शुल्कमा समायोजन गर्ने भएको हो ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ ले गरेको व्यवस्था अनुसार कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएपछि सो शुल्क वापत लिएको रकम नियमित विद्यार्थीका हकमा कक्षा १२ को परीक्षा शुल्कमा समायोजन गर्ने र पुरक तर्फका विद्यार्थीको शुल्क ट्रान्सकिप्ट लिने बेला मिलान गर्ने निर्णय बोर्डले गरेको राष्ट्रिय परीक्षा बोडका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

बोर्डले परीक्षा सञ्चालन गर्दा परीक्षा आवेदन बापत ६ सय र रजिस्ट्रेसन शुल्क बापत ४ सय गरी प्रति विद्यार्थी १ हजार रुपैयाँ शुल्क लिँदै आएको थियो ।

यो वर्ष ११ कक्षामा जम्मा ५ लाख ३२ हजार विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए । बोर्डमा कक्षा ११ को परीक्षा शुल्क रजिस्ट्रवापत ५३ करोड २० लाख रुपियाँ जम्मा भएको थियो ।

A Levels MA