After SEE Portal

अझै निर्धारण हुन सकेन माविको अध्यापन अनुमति पत्रको परीक्षा केन्द्र

Bridge Course

भक्तपुर । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाको परीक्षा केन्द्र अझै निर्धारण गर्न सकेको छैन् । 

साविकको उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुले शिक्षक सेवा आयोगले खोलेको अध्यापन अनुमति पत्रको परीक्षाले आफूहरुलाई समेट्न नसक्ने भन्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको प्रभावका कारण आयोगले प्राथमिक तहको मात्रै केन्द्र निर्धारण गरेको छ । 

परीक्षा आउन ३ दिन बाँकी रहँदा सोमबार बल्ल आयोगले केन्द्र निर्धारण गरेको हो । परीक्षाको पहिलो दिन बिहीबार हुने प्राथमिक तहको परीक्षाका लागि मात्रै भन्दै आयोगले देशका विभिन्न ५१ जिल्लामा केन्द्र निर्धारण गरेको जनाएको छ ।   

आयोगले खोलेको अध्यापन अनुमति पत्रको परीक्षामा उल्लेख विज्ञापन नम्बर ३५ ले आफूहरुलाई समेट्न नसक्ने भन्दै साविकको उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुले आयोग विरुद्ध साउन २९गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

पटक पटक पेशी तोकिएको उक्त मुद्दाको अर्को सुनुवाई मंगलबारका लागि तोकिएको छ । मंगलबार हुने सुनुवाई पछि अदालतले दिने आदेशका आधारमा निर्णय गर्ने गरी आयोगले प्राविको मात्रै केन्द्र निर्धारण गरेको श्रोतले जनाएको छ । 

लामो समय रोकिएको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गर्ने गरी आयोगले गत असार २ गते विज्ञापन खोलेको थियो । उक्त परीक्षा असोज ९ देखि ११ सम्म सञ्चालन गर्ने आयोगले तय गरेको थियो ।

 तर आयोगले खोलेको अध्यापन अनुमति पत्रको विज्ञापनले आफूहरुलाई समेट्न नसक्ने भन्दै माध्यमिक विद्यालय शिक्षक यूनियनका अध्यक्ष पुष्प न्यौपाने, केशव शर्मा, सुन्दर केसी, सुरेस हमाल सहित ६ जना शिक्षकहरुले मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा अहिले गरिएको विज्ञापन खारेज गरी विषयगत रुपमा अध्यापन अनुमति पत्रको परीक्षा गर्नु पर्ने माग गरिएको छ । 

शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी कक्षा १२ सम्मलाई माध्यमिक तह बनाए पनि कक्षा १० मा पढाई हुने र ११ र १२ मा पढाई हुने विषयहरु नमिल्ने भए पछि यो उल्झन् आएको हो । 

कक्षा ११ र १२ मा झण्डै १ सय ६० विषय पढाई हुन्छ । तर आयोगले कक्षा १० कै तरिकाले सोच्दा समस्या भएको शिक्षकहरुको तर्क छ । यो उल्झन् नसल्टिदैं आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको थियो । 

जसमा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञानका विषय उल्लेख गरी विज्ञापन गरिएको थियो । 

उक्त विज्ञापनले आफूहरुले पढाउँदै आएको विषयलाई समेट्न नसक्ने शिक्षकहरुको तर्क छ ।

A Levels MA
Thuprai - Books and E-books