A Levels MA

अतिरिक्त गणित विद्यालयमा पठनपाठन भइरहेको छः निर्देशक भट्टराई

पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराइले कक्षा ९ र १० मा अतिरिक्त गणित  पठनपाठन  भइरहेको बताएका छन् ।

केही संचार माध्यमले कक्षा ९ र १० मा गणित (अरिरिक्त विषय हटाइएको ) भनी भ्रामक समाचार संप्रेषण गरेको भन्दै उनले भने,‘ विद्यालयमा अतिरिक्त गणित पठनपाठन भइरहेको छ । कक्षाकोठामा  पठनपाठन भइरहेको विषय हटायो भनेर आधिकारिक  जानकारी नै नलिइ समाचार संप्रेषण गरेछन् दुःख लागेको छ।’ 

पाठ्यक्रम विकास केन्द्रले  प्रचलित ऐन, कानुनअनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास गरी कार्यान्वयनमा  ल्याएको छ ।  नयाँ पाठ्यक्रम् शैक्षिक सत्र २०७७ मा कक्षा १ र कक्षा ११ मा  कार्यान्वयनमा आउने उनले जानकारी दिए ।  

पाठ्यक्रम विकास तथा परिमार्जनका सन्दर्भमा  केही संचार माध्यमले संप्रेषण  गरेको समाचारप्रति केन्द्रको गम्भीर ध्यानाकर्षण भएको आज एक विज्ञप्ति  मार्फत सार्वजनिक  गरेको छ । 

शैक्षिक वर्ष २०७७ मा केही विषयवस्तु  मात्र परिवर्तन हुने निर्देशक भट्टराईले जानकारी दिए । 

 

Thuprai - Books and E-books