पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराइले कक्षा ९ र १० मा अतिरिक्त गणित पठनपाठन भइरहेको बताएका छन् ।
केही संचार माध्यमले कक्षा ९ र १० मा गणित (अरिरिक्त विषय हटाइएको ) भनी भ्रामक समाचार संप्रेषण गरेको भन्दै उनले भने,‘ विद्यालयमा अतिरिक्त गणित पठनपाठन भइरहेको छ । कक्षाकोठामा पठनपाठन भइरहेको विषय हटायो भनेर आधिकारिक जानकारी नै नलिइ समाचार संप्रेषण गरेछन् दुःख लागेको छ।’
पाठ्यक्रम विकास केन्द्रले प्रचलित ऐन, कानुनअनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास गरी कार्यान्वयनमा ल्याएको छ । नयाँ पाठ्यक्रम् शैक्षिक सत्र २०७७ मा कक्षा १ र कक्षा ११ मा कार्यान्वयनमा आउने उनले जानकारी दिए ।
पाठ्यक्रम विकास तथा परिमार्जनका सन्दर्भमा केही संचार माध्यमले संप्रेषण गरेको समाचारप्रति केन्द्रको गम्भीर ध्यानाकर्षण भएको आज एक विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
शैक्षिक वर्ष २०७७ मा केही विषयवस्तु मात्र परिवर्तन हुने निर्देशक भट्टराईले जानकारी दिए ।