After SEE Portal

दुर्गममा पनि त्रिविले कोरियन भाषा कक्षा सुरु गर्ने

Bridge Course

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडामा अब कोरियन भाषाको समेत कक्षा सञ्चालन हुने भएको छ ।

कोरियन भाषा पढ्न इच्छुक विद्यार्थीले तिहारपछि लगत्तै भाषा कक्षा अध्ययन गर्न पाउने भएका छन् ।

क्याम्पसको विद्यार्थी सहायता,परामर्श र रोजगार सेलले क्याम्पसमा भर्ना भएका भाषा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको लागि सहयोग गर्न कोरियन भाषा अध्यापन गराउने इन्सिच्युटसंग समन्वय गरेको क्याम्पसले जानकारी दियो ।

क्याम्पसको सेलले झापा विर्तामोड स्थित कोरियन भाषा इन्स्टिच्यूटसँग पारस्परिक सम्झौता गरी तिहारपछि कक्षा सञ्चालन गर्ने विद्यार्थी सहायता प्रणाली र परामर्श तथा रोजगार सेलका संयोजक गोविन्दकुमार सुवेदीले जानकारी दिए ।

यस क्याम्पसमा भर्ना हुने कोरियन भाषा पढन इच्छुक विद्यार्थीहरुलाई आठराई ६ चुहानडाँडामा नै भाषा कक्षा सञ्चालनका लागि शाखा स्थापना गरी क्याम्पसमा भर्ना भएका इच्छुक विद्यार्थीहरुलाई सहुलियत शुल्कमा भाषा अध्यापन गराउने सम्बन्धमा सिटि सेन्टरका प्रतिनिधि र विद्यार्थी सहायता परामर्श तथा रोजगार सेल बिच मङ्गलबार प्रारम्भिक छलफल भएको हो ।

क्याम्पसले पाठ्यक्रम बाहेक विद्यार्थी सहायता प्रणाली अन्तगर्त अध्यापन अनुमति पत्र, शिक्षक सेवा आयोगका तयारी कक्षाहरु तथा कम्प्युटरका कक्षाहरू निःशुल्क कक्षा सञ्चालन गर्दै आएको सेलका संयोजक सुवेदीले बताए ।

क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्न पहल गर्न छाडेर युवा जनशक्तिलाई विदेश पठाउन रणनीति लिएको भन्दै स्थानीय समाजसेवीले विरोध जनाएका छन् । क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्न छाडेर युवालाई विदेश पठाउने गलत अभ्यास थालेको स्थानीय उमानाथ भण्डारीले बताए ।

A Levels MA