After SEE Portal

चौरासी पूजाको रकम विद्यालयमा अक्षयकोष स्थापना

Bridge Course

पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चीत्र बहादुर रायमाझीको चौरासी पूजा नगरी सो वापतको रकम एक लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ । 

विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुबा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताए ।यसैबीच रुपन्देहीको बुटबल उपमहानगरपालिका ६ अस्पताल लाइनका हर्क बहादुर कार्की र श्रीमती मीना कुमारीले स्वर्गीय बुबा ललित बहादुर र आमा जानुकुमारीका नाममा एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । सो विद्यालयमा  अक्षयकोषले जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गर्ने  प्रधानाध्यापक अर्घालीले बताए। विद्यालयको निर्माणधिन चार कोठे भवन बनाउन ११ हजार १ सय ५५ रुपियाँ हर्क बहादुरले सहयोग गरेका छन् ।

A Levels MA
Thuprai - Books and E-books