After SEE Portal

जलवायु विज्ञान उत्कृष्ट कृति र जलवायु विज्ञान पुरस्कारका लागि अक्षयकोष स्थापना

Bridge Course

त्रिभुवन विश्वविद्यालयमा प्राडा सोमेश्वर दास जलवायु विज्ञान उत्कृष्ट कृति पुरस्कार र श्रीमुखी हरिवंश नारायण दास जलवायु विज्ञान पुरस्कारको अक्षयकोष  स्थापना गरिने भएको छ ।

श्रीमुखी हरिवंश नारायण दास जलवायु विज्ञान पुरस्कारको अक्षयराशी रु ३ लाख ५० हजार प्राडा सोमेश्वर दास जलवायु विज्ञान उत्कृष्ट कृति पुरस्कारको अक्षयराशी रु ४ लाख ५० हजार रहेको छ ।

 उक्त अक्षयराशीबाट उत्कृष्ट शोधकार्य गर्ने शोधार्थीलाई प्रत्येक बर्ष रु २५ हजार र त्रिवि अन्तर्गतका क्याम्पसमा जलवायु विज्ञान विषयमा स्नातक तहमा सर्वोत्कृष्ट १ जना विद्यार्थीलाई उक्त अक्षयकोषवाट बार्षिक रु १५ हजार पुरस्कृत गरिने त्रिविले जानकारी दियो ।

 कलैया नगरपालिका ७ बारा निवासी राजस्थान केन्द्रीय विश्वविद्यालयबाट अवकाश प्राप्त प्राडा सोमेश्वर दास र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्राडा दिपक अर्यालले उक्त कोष स्थापनाका लागिसंयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

A Levels MA