After SEE Portal

इन्जिनियरिङ शिक्षा पनि संकट पर्दै

Bridge Course

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान सम्बद्ध आंगिक तथा सम्बन्धन प्राप्त कलेज अहिले विद्यार्थी नपाएर विभिन्न खालका छात्रवृत्ति तथा छुटका साथ विद्यार्थी भर्ना गरिरहेका छन् ।

लामो समयको आन्तरिक किचलोका कारण पठनपाठन सुरु हुने बेलामा कलेजले भर्ना लिइरहेका छन् । प्रवेश परीक्षा पास भएर आवेदन दिएका विद्यार्थीलाई लक्षित गरी चार पटक भर्ना गर्न कलेजले सूचना जारी गरिसकेका छन् । तर संस्थानलाई विद्यार्थी अभाव छ । आन्तरिक द्वन्द्वमा रुमलिएको संस्थानका धेरै लोकप्रिय कार्यक्रम विद्यार्थी अभावका कारण संकटमा पर्दै गएका छन् । इन्जिनियरिङका  सिभिल, आर्किटेक्चर र कम्प्युटर बाहेक अन्यमा  भर्ना हुने विद्यार्थीको संख्या न्यून छ ।

पाँच ओटा आंगिक र १० ओटा सम्बन्धनप्राप्त क्याम्पसमा  स्नातक तहका १२ ओटा कार्यक्रम् सञ्चालन गर्न । त्रिविले  सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, मेकानिकल, अटोमोबाइल, जियोमेटिक्स, औद्योगिक र कृषि, आर्किटेक्चर एयरोस्पेस र केमिकल इन्जिनियरिङमा चार हजार तीन सय ४८ सिटमा विद्यार्थी अध्यापन गराउँदै आएको छ ।

मंसिर दुईगतेबाट कक्षा सञ्चालन गराउनु पर्ने संस्थानको बार्षिक क्यालेण्डर भए पनि राजनैतिक हस्तक्षेप, आन्तरिक कलहका कारण समयमा नै प्रवेश परीक्षा सञ्चालन गर्न नसेकका कारण धमाधम कक्षा सञ्चालन हुनु पर्ने समयमा कलेज विद्यार्थी भर्नाका लागि विभिन्न खालका आर्कषक योजना सञ्चालन गर्दै आइरहेका छन् ।

सगरमाथा कलेजले पिछडिएका तथा भूकम्प प्रभावित २० जनालाई छात्रवृत्ति दिने

२०६७ सालमा त्रिविबाट सम्बन्धन लिएर  सञ्चालन भएको सगरमाथा इन्जिनियरिङ कलेजले   २० जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

 कलेजले भूकम्प प्रभावित, सामुदायिक विद्यालयबाट कक्षा १२ मा ए ग्रेड ल्याएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कलेजले घोषणा गरेको छ ।

कलेज स्नातक तहको सिभिल इन्जिनियरिङ अध्ययनको लागि २ लाख ११ हजार सम्मको छात्रवृत्ति प्रदान गर्ने घोषणा सहित भर्ना गरिरहेको छ ।

बीई सिभिल र बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन, बीई कम्प्युटर लगायतका कार्यक्रम कलेजले सञ्चालन गर्दै आएको छ ।

कलेजका अनुसार अहिले साझसम्म बीई सिभिल ४०, बीई इलेक्ट्रोनिक्स २८ र बीई कम्प्युटरमा  ७ जना विद्यार्थी भर्ना भएका छन् ।

माघ दुई गतेबाट  पाठनपाठन गराउने तयारीमा संस्थान जुटेको छ । तर, विभिन्न आकर्षक योजना अघिसर्दा पनि कलेजले विद्यार्थी पाउन सकेका छैनन् ।

डिन कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार आंगिक क्याम्पसमा अझै पनि २५ प्रतिशत  बढी सिट  रिक्त छन् भने निजी कलेजहरूमा त ८० प्रतिशत सिट रिक्त छन् । 

 डिन कार्यालयको तथ्यांकअनुसार बुधबारसम्म पुल्चोक क्याम्पसमा ६२४ सिटमध्ये ३० मात्रै खाली छ। ४३२ सिट रहेको थापाथलीमा १०८ खाली छ। त्यस्तै ४३२ सिट रहेको पश्चिमाञ्चलमा ११९ र ५२८ सिट क्षमता रहेको पूर्वाञ्चलमा १०१ सिट खाली छ। ३८४ सिट रहेको काठमाडौं इञ्जिनियरिङमा १५५ सिट खाली छ। २८८ सिट रहेको कान्तिपुरमा २२७ र १४४ सिट रहेको सगरमाथामा ६५ सिट खाली छ। उता ३३६ सिट रहेको एड्भान्समा १६६ र २४० सिट रहेको हिमालयमा १४१ सिट खाली छ। त्यस्तै २४० सिट रहेको नेसनलमा ३३ सिट खाली छ। साथै ९६ सिट रहेको ललितपुरमा ६३ र १९२ सिट रहेको काठफोर्डमा १११ सिट खाली छ। १९२ सिट रहेको जनकपुरमा १७१ सिट खाली छ भने १९२ सिट रहेको ख्वपःमा ४३ र २४ सिट रहेको चितवनमा २ सिट मात्र खाली रहेको छ।

हाल नेपालमा विभिन्न विश्वविद्यालयका ५७ कलेजले इन्जिनियरिङका विभिन्न कक्षा सञ्चालन गर्दै आएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायअन्तगर्तका आङ्गिक र सम्बन्धन प्राप्त गरी १७ वटा इन्जिनियरिङ कलेज छन् । विश्वविदालयले विद्यार्थी भर्नाका लागि अगाडि नै प्रवेश परीक्षा लिएको भए पनि  करिब ३० प्रतिशत मात्र विद्यार्थी भर्ना भए पनि पुनः विश्वविद्यालयले प्रवेश परीक्षाका लागि आवेदन खुला गरेको छ । पुस २१ गते दोस्रो चरणको प्रवेश परीक्षाको मिति तोकेर हिजोदेखि पुन आवेदन खुलाएको छ ।

सो विश्वविद्यालयसंग सिभिल, आर्किटेक्चर, बायोमेडिकल, कम्प्युटर, इलेकट्रिकल, लगायतका  कार्यक्रममा २ हजार ३०० सिट क्षमता रहेको छ ।

A Levels MA
Thuprai - Books and E-books