CMAT

प्रतिष्ठानमा भएको राजनैतिक हस्तक्षेपप्रति कर्मचारीको विरोध

Bachelors Portal

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको राजनैतिक हस्तक्षेपप्रति कर्मचारीले विरोध जनाएका छन् । कर्मचाहरुहरुले डा. निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएपछि विरोध जनाएका हुन् ।

बिहीबार मन्त्री स्तरीय निर्णयबाट थापालाई आर्थिक तथा प्रशासनिक अधिकार सहित निमित्त उपकुलपतिको जिम्मेवारी प्रदानगरेपछि राजनैतिक हस्तक्षेप गरेको भन्दै सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सहकुलपति स्तरको निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि उनलाई सो अधिकार प्रदान गरेका हुन् ।

स्वास्थ्यमन्त्री खतिवडाले २३ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गरी उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतको नियुक्ति अवैध ठहर गर्दे काम काज रोक्न निर्देशन दिएका हुन् ।

स्वास्थ्यमन्त्रीको निर्णयप्रति प्रतिष्ठानका ८८ जना चिकित्सक नर्स, स्वास्थ्यकर्मी र कर्मचारीले असन्तुष्टी जनाएका छन् । हस्ताक्षर सहित विज्ञप्ति जारी गरेर यो निर्णय तुरुन्त फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चतावनी दिएका छन् । उक्त निर्णय राजनीतिक दाउपेच रहेको भन्दै निर्णय फिर्ता लिन चेतावनी दिएका छन् ।

अहिले प्रतिष्ठानमा एमबीबीएस, बीएनएस, बी फर्मालगायतका अन्य शैक्षिक कार्यक्रम सञ्चालन हुने अन्तिम चरणमा पुगेका बेला प्रतिष्ठानलाई राजनीतिक दाउपेचले अगाडि बढ्न नदिन राज्यले नै षड्यन्त्र गरेको कर्मचारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘प्रतिष्ठानमा शुरु हुन लागेका कार्यक्रमलाई प्रभावित बनाउन पूर्वाद्धमा निम्त्याइएको अस्थिरताले भर्खरै हुर्कँदै बढ्दै गइरहेको संस्थालाई धरासायी बनाउने खेल शुरु भएको’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता चलखेलको शिकार प्रतिष्ठानको महत्वकांक्षी बहुवर्षीय आयोजना साथै दैनिक कामकाजहरुमा समेत प्रभावित हुने छ ।’

‘प्रतिष्ठानका कामकाज रोग लगाइएको प्रति ध्यानाकर्षण भएको र स्वास्थ्य मन्त्रालयले गरेको निर्णयको कारणले प्रतिष्ठानको भविष्यमाथि नै खेलवाड भएको हुँदा हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु उक्त कार्यप्रति घोर भत्र्सना गर्दछौँ, विज्ञप्तिमा उल्लेख छ ।

‘यस किसिमका गैर जिम्मेवारीपूर्ण हस्तक्षेप तत्काल बन्द गरी प्रतिष्ठानलाई सही दिशामा अगाडि बढाउन र प्रतिष्ठानलाई थप उचाइमा र्पुयाउन हुन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’

Thuprai - Books and E-books
I Tech store