After SEE Portal

वक्तृत्वकला प्रतियोगिता तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान: रिलायन्स इन्टरनेसनल एकेडेमी

Bridge Course

विषय: सहभागिता सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाज बुढानीलकण्ठ-१०, कपन, काठमाडौंले हरेक वर्ष लक्ष्मी जयन्तीको सन्दर्भ पारेर उपत्यकाव्यापी अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दै आएको कुरा सहर्ष जानकारी गराउँदछौं । त्यसै क्रममा यस वर्ष पनि ११० औं लक्ष्मी जयन्तीको सन्दर्भमा मिति २०७६/०८/१३ गते शुक्रबार एघारौं देवकोटा स्मृति अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको हुँदा उक्त प्रतियोगितामा यहाँको विद्यालयबाट एक जना छात्रा वा छात्रलाई सहभागी गराइदिनु हुन सविनय अनुरोध गर्दछ।

प्रतियोगिताको विषय : देशभक्ति र राष्ट्रियताको कसीमा महाकवि देवकोटा ।

कार्यक्रम : वक्तृत्वकला प्रतियोगिता

मिति: २०७६/०८/१३ गते शुक्रबार समय

समय: बिहान ११:०० बजे 

स्थान: रिलायन्स इन्टरनेसनल एकेडेमी बुढानीलकण्ठ-१०, कपन, काठमाडौं 

कवि गोष्ठी तथा पुरस्कार वितरण समारोह

मिति: २०७६/०८/१४ गते शनिबार 

समय: बिहान ११:०० बजे स्थान

स्थान: रिलायन्स इन्टरनेसनल एकेडेमी बुढानीलकण्ठ-१०, कपन, काठमाडौं 

कार्यक्रम सम्बन्धी नियम तथा अन्य आवश्यक जानकारीसहितको विवरण यसै पत्रसाथ संलग्न गरिएको छ।

पुनश्च : मिति २०७६/०८/१४ गते शनिवार सम्पन्न हुन गइरहेको वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण समारोह तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु ।

A Levels MA
Thuprai - Books and E-books