CMAT

एसपीए कलेजका आठ विद्यार्थीले पाए युरोपको हयात रेजेन्सीमा पेड इन्टर्नसिपको अवसर

Bachelors Portal

सुदूरपश्चिमको सुदूर पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले युरोपको हयात रेजेन्सी कोटर बे रिसोर्ट मोन्टेनेग्रोमा  पेड इन्टर्नसिप (तलबसहित) को अवसर  पाएका छन् । कलेजबाट बीएचएम तेस्रो ब्याचका ८ जना विद्यार्थिले सो अवसर पाएका हुन् ।

उनीहरू मध्ये अनुष्का भट क्षेत्री (हाउस किपिङ), अशोक चौधरी, विकास पौडेल, विक्रम बहादुर खड्का र शमशेर बटाला (किचेन) विभागमा तथा  खगेन्द्रबहादुर साउद, महेश राणा र महेश परियारले (फुड एण्ड वेभरेज) विभागमा इन्टनसिपको अवसर पाएका छन् ।

यसअघि पनि एसपीएमा बीएचएम अध्ययनरत विद्यार्थीहरूले युएई, दुबईको विश्व प्रसिद्ध पाँच तारे होटेल ‘द मेरियट्स मार्किस’, बहराइनको विश्व प्रसिद्ध पाँचतारे होटेल क्राउन प्लाजा एचजीमा, लगायत मलेसिया, कतार, बहराइन, अमेरिका भारत, मालदिभ्सलगायत तथा नेपालकै फाइभस्टार होटेल हरू मा रोजगारीको अवसर पाइसकेका छन् ।

एसपीएका क्याम्पसका बीएचएम विभाग प्रमुख रवीन्द्र परियारले विद्यार्थीहरूलाई आगामी जीवनको शुभकामना दिँदै एसपीएले अध्ययन संगै विद्यार्थीहरूको भविष्यको पनि सुनिश्चितता गरिदिने बताए ।्

सो कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीएचएम कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

कलेजमा पूर्ण रूपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरू छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विद्यार्थीहरू लाई प्रशिक्षित गराइन्छ ।

टाढाबाट आउने विद्यार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरू गठन गर्दै विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् ।

कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी मात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका तथा अन्य विशेष क्षमता भएका विद्यार्थीहरू का लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

Thuprai - Books and E-books
I Tech store