After SEE Portal

शिक्षा सुधारमा स्थानीय तह

Bridge Course

सामुदायिक विद्यालयको अवस्था सुधारका लागि प्रदेश ५ का स्थानीय तह विभिन्न योजनाको तयारीमा छन् । केहीले खर्च कटौती गर्न विद्यार्थी न्यून भएका विद्यालय आपसमा गाभेका छन् । केही तयारीमा छन् । कुनैमा सामुदायिकमा विद्यार्थी आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनको तयारी छ ।

बाँकेका ६ प्राविलाई आपसमा गाभिएको छ । फुर्सदिला रहने शिक्षकले काम पाएका छन् । गाभिएका विद्यालयले थप जनशक्ति पाएका छन् । यसले खर्चमा कमी ल्याएको छ । प्राथमिक तहमा कम बालबालिका भर्ना हुन्छन् । गाउँगाउँमा सञ्चालन गरिएका निजी विद्यालयमा आकर्षण बढेको छ । तर, आधारभूत तहदेखि विद्यार्थी संख्या बढ्दो छ । सुरुमा संस्थागत विद्यालयमा पढाउने र आधारभूत तहमा पुगेपछि सामुदायिक रोज्ने गरेका छन् । कोहलपुर नगरपालिकामा ४ प्रावि गाभिएका छन् । रामजानकी, प्रावि विशालनगर, शान्ति निकेतन, जनता प्राविमा विद्यार्थी नभएका कारण गाभिएको जिल्ला शिक्षा समन्वय अधिकारी गोर्खबहादुर थापाले बताए । नेपालगन्ज उपमहानगरको पौरखी महिला प्राविलाई गाभिएको छ । खजुरा गाउँपालिकाको प्रावि गौरीनगरलाई गाभिएको छ ।

‘विद्यार्थी नभएर अर्को विद्यालयमा गाभिएपछि जनशक्ति अभाव भएका ठाउँमा शिक्षक पठाएका छौं । यसले शिक्षक नभएका विद्यालयलाई सहज पुर्‍याएको छ,’ थापाले भने, ‘विद्यार्थी पनि बढेका छन् । शिक्षकलाई एउटै विद्यालयमा पढाउन सहज भएको छ ।’ जिल्लाका स्थानीय तहले आधारभूत शिक्षा नि:शुल्क गर्ने निर्णय यसअघि गरिसकेका छन् ।

A Levels MA