After SEE Portal

इडियुसञ्जाल महिना व्यत्तित्वद्वारा डा. जानुका पौडेल सम्मानित

Bridge Course

इडियुसञ्जाल महिना व्यत्तित्वद्वारा यो महिना नील बाराही माविका प्राधानाध्यापक डा. जानुका (नेपाल) पौडेल सम्मानित भएकी छन् । इडियुसञ्जालले प्रदान गर्दै आएको महिना व्यक्तित्व पुरस्कारबाट प्रधानाध्यापक पौडेल सम्मानित भएकी हुन् ।

इडियुसञ्जालले प्रधानाध्यापक पौडेललाई सार्वजनिक शिक्षा सुधारमा गरेको योगदानको कदर गर्दै एक कार्यक्रमका बिच आज सम्मान पत्र र चिनो हस्तान्तरण गरेको छ । 

२०४९ सालदेखि शिक्षण पेसामा आवद्ध नेपालले सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको इडियुसञ्जाल सम्मान कार्यक्रम संयोजक राजन कोइरालाले बताए ।

महिला शिक्षक समाजको अध्यक्ष भएर विषयगत शिक्षण सुधारका लागि गरेको पहल, विद्यालयको गुणस्तर सुधार तथा पूर्वाधार विकासका लागि गरेको संघर्षको उच्च कदर गर्दै प्रधानाध्यापक पौडेललाई सम्मान गरिएको हो ।

प्रधानाध्यापक पौडेलले पीपी प्रसाई फाउन्डेसनले प्रदान गर्दै आएको वेष्टटिचर अवार्डले समेत सम्मानित भइसकेकी छन् ।

२०६१ सालदेखि निलबारहीको प्रधानाध्यापकको भूमिका निर्वाह गरेकी पौडेलले नेतृत्व आउनुभन्दा अगाडि विद्यार्थी अभावका कारण विद्यालयमा बन्द हुने अवस्थामा पुगेको विद्यालयमा अहिले करिब १२ सय विद्यार्थी अध्ययनरत छन् । उनको यही प्ररेणादायी भूमिकाको प्रशंसा गर्दै इडियुसञ्जालले सम्मान गरेको जनाएको छ ।

 २०२६ जेठ २७ गते काभ्रेको पाँचखालमा जन्मिएकी उनले जनज्योति मावि, जनागाल, काभ्रेबाट शिक्षण पेसाको सुरुआत गरेकी हुन् ।  २०४७ देखि २०४९ काभ्रेमा र त्यसपछि नील बाराही मावि, टंकेश्वर, काठमाडौं, २०५० देखि हाल सम्म कार्यरत छिन् ।  

उनी शिक्षणका अलावा महिला शिक्षक समाजको अध्यक्ष, महिला उत्प्रेरणा तथा वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको रुपमा पनि कार्यरतछिन् ।

त्यसैगरी २०६५ देखि हालसम्म शैक्षिक जनशक्ति विकाश केन्द्रद्वारा सञ्चालित तालिम कार्यक्रममा प्रशिक्षकका रुपमा कार्यरत छिन् ।उनले अहिलेसम्म  शिक्षा मन्त्रालयद्वारा प्रदान गरिने शिक्षा दिवस पदक (२०६६), पीपी प्रसाई फाउन्डेसनको उत्कृष्ट शिक्षक पुरस्कार (२०७४) बाट सम्मानित भइसकेकी छिन् ।

A Levels MA
Thuprai - Books and E-books