After SEE Portal

सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री

Bridge Course

ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलले ललितपुर महानगरपालिकाका आधारभूत विद्यालयहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

सो स्कुलले चोइनाविना गुरुगणेश आधारभूत विद्यालय लोहाचोक, बाखेलकुमारी आधारभूत विद्यालय फर्सीडोल, ललितकल्याण केन्द्र भोलढोका, चुनीदेवी शिक्षा मन्दिर चुनिखेल, मीननाथ आदर्श शिक्षा सदन टंगाल, बालकुमारी आधारभूत विद्यालय सैँबु, सचेतना आधारभूत विद्यालय धोबिघाट र मोतिविनायक आधारभूत विद्यालयलाई एक एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरिएको छ ।

ती सामग्री लिँदै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले निजी विद्यालयले अगाडि बढाएको विद्यालय साझेदारी कार्यक्रमले सामुदायिक विद्यालयलाई सहयोग मिलेको बताउँदै यस्तो कार्य अन्य विद्यालयका लागि पनि प्रेरणादायी हुने बताए ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष वसन्त थापाले यो कार्य सुरुवात भएको बताउँदै आगामी दिनमा थप विद्यालयलाई पनि यसैगरी सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत नवराज रिजालले सामुदायिक र संस्थागत विद्यालयबीचको सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै क्षमता विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

स्कुलका संस्थापक पवित्रा लिम्बू, स्कुलका प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का ललितपुर अध्यक्ष निरोज महर्जनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निजी र सामुदायिक विद्यालयबीच सहकार्य आवश्यक रहेको विचार व्यक्त गरे ।  

 

A Levels MA
Thuprai - Books and E-books