After SEE Portal

नेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पाले बालबालिकालाई शैक्षिक सामग्री प्रदान

Bridge Course

नेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पा शाखाले फरक क्षमता भएका बालबालिकालाई शैक्षिकका सामग्री प्रदान गरेको छ । 

बिहीबार पुस्तक दिवसको अवसरमा शाखाले सिबिआरको केयर सेन्टरमा रहेका १२ जना फरक क्षमता भएका बालबालिकालाई रु १५ हजार बराबरको शैक्षिकका सामग्री सहयोग गरिएको महासङ्घका अध्यक्ष किशोर भट्टराईले जानकारी दिनुभयो ।

शारीरिकरुपमा तथा मानसिकरुपमा अपाङ्गता भएका छ बालबालिका शुरुआत भएको सेन्टरमा हाल १२ रहेको सिबिआर पाल्पा कार्यक्रम संयोजक कृष्ण गहतराजले जानकारी दिनुभयो।

सेन्टरभन्दा बाहिर २८ बालबालिका अपाङ्गता रहे पनि विविध समस्याले समेट्न नसकिएको उहाँले बताउनुभयो । ती बालबालिकालाई विभिन्न दातृ निकायको र विभिन्न व्यक्तिबाट राखिएको अक्षयकोष रकमबाट दैनिक व्यवस्थापन गरिदै आइएको जनाइएको छ । 

जिल्लामा एकमात्र विशेष विद्यालयका रूपमा सेन्टर विकास हुँदै गएको बताइएको छ । च्याउको बीउ वितरण पाल्पाको पूर्वखोला गाउँपालिकामा सुनौला हजार दिनका आमालाई च्याउको बीउ वितरण गरिएको छ । 

वडा नं २ को कार्यालयले वडाभित्र रहेका १०५ आमालाई च्याउको बीउ वितरण गरेको हो । एक व्यक्तिलाई पाँच वटा प्याकेटका दरले च्याउको बीउ वितरण गरिएको वडाध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो ।

“बच्चाको वृद्धि विकास र स्वास्थ्यको हितका लागि च्याउमा पौष्टिक तत्व पाइने भएकाले हजार दिनका आमालाई लक्षित गरी च्याउ वितरण गरेका हौँ”, उहाँले भन्नुभयो । 

च्याउमा प्रोटिन, क्याल्सियम, आइरनजस्ता महत्वपूर्ण पोषकतत्व पाइने हुँदा हजारका दिनका आमाका लागि वडा कार्यालयले यस वर्ष च्याउ वितरण कार्यक्रम राखेको जनाएको छ । च्याउको नियमित सेवनले गर्भावस्था, सुत्केरी अवस्थामा रगतको मात्रा कमी हुनबाट बचाउने गरेको जल्पा स्वास्थ्यचौकीका प्रमुख पदमबहादुर दर्लामीले बताउनुभयो । 

च्याउ वितरणपछि वडाले च्याउखेती गर्ने प्रविधिसम्बन्धी हजार दिनका आमालाई तालीमसमेत प्रदान गरेको छ । वडाले च्याउको बीउ प्रदान गरेपछि हजार दिनका आमाहरु खुशी भएका छन्।

A Levels MA
Thuprai - Books and E-books