After SEE Portal

शिक्षक, विद्यार्थी र अभिभावकको प्रयासबाट मात्रै शिक्षामा सुधार

Bridge Course

पर्वत, १२ असार (रासस):  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासबाट मात्रै शिक्षा क्षेत्रमा सुधार सम्भव भएको बताउनुभएको छ । कुश्मा नगरपालिका–११ स्थित स्यानीपोखरी आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले सबैको पहलबाट मात्र शिक्षा क्षेत्रमा सुधार हुने बताउनुभयो ।

“विद्यालय र शैक्षिक गुणस्तर सुधार गर्न कुनै एउटा पक्ष मात्रै सबल भएर हुँदैन”, उहाँले भन्नुभयो । नेपालमा सामुदायिक विद्यालयको शैक्षिक अवस्था दिन प्रतिदिन खस्कँदै गएकामा सबै चिन्तित रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

उहाँले विद्यालयको भौतिक पूर्वाधार, कक्षाकोठामा शिक्षण सिकाइको वातावरण तथा घरमा समेत अनुकूल वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो । राज्यले शिक्षामा गरेको लगानीअनुसार प्रतिफल पाउन नसकेकाले उत्पादित जनशक्ति विदेशिने अवस्थाको अन्त्य गर्न प्राविधिक र व्यावसायिक शिक्षामा उहाँले जोड दिनुभयो । अध्यक्ष तिमिल्सिनाले विकास निर्माणका सबै कामको प्रतिफल लिन सक्ने गरी जनताले व्यावसायिक उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।

A Levels MA