घुस लिने शिक्षा अधिकृत विरुद्ध मुद्दा दायर

ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोले घुस लिएको आरोप पुष्टि भएपछि आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पौडेले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसंग घुस–रिसवत लिएको उजुरी छानविन गर्दा पुष्टि भएपछि मुद्दा दायर गरेको हो ।पौडेललाई सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिइसकेको अवस्थामा  अख्तियारले नियन्त्रणमा लिएको थियो ।

पौडेलविरुद्ध एक लाख विगो कायम गरी जरिवाना तथा कैद सजाय मागसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal