SEE Result 2082

राप्रपाको घोषणापत्रमा शिक्षा

 राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिंदेनले घोषणापत्र सार्वपजनिक गरेका हुन् ।

घोषणा पत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क शिक्षा, सबै स्थानीय तहमा कम्तिमा एक प्राविधिक धारको विद्यालय, सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा, प्रारम्भिक बालविकास शिक्षा र कार्यक्रमलाई गुणस्तरीय बनाउन प्राथमिकता दिने घोषणा पत्रमा उल्लेख गरेको छ ।

गरिबीको रेखा मुनि रहेका वर्ग तथा अल्पसंख्यक समूहका न्यूनतम एक–एक जना प्रतिभाशाली विद्यार्थीलाई प्रत्येक वर्ष चिकित्सा शास्त्र (एमबिबिएस) र इन्जीनियरिंग स्नातक तह अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने उल्लेख गरेको छ ।

विद्यालयमा लागु औषध दुर्व्यशन विरुद्ध नियमित रुपमा अभियान सञ्चालन प्रत्येक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था बेरोजगार तथा सिप विहीन युवाको लागि सिपमुलक तालिम केन्द्र स्थापना प्राथमिक तहसम्म स्थानीय मातृभाषामा शिक्षा, फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

+2 School
Counseling
Bachelors Portal