After SEE Portal

नेपाल र बेलायतबीच शैक्षिक सहकार्यको प्रस्ताव

Bridge Course

काठमाडौँ, १९ कात्तिक (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच आज भएको भेटमा शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ । 

बेलायतले नेपालमा छात्रा शिक्षा, विपन्न र लक्षित वर्गलाई शैक्षिक सहयोग गर्ने विश्वास व्यक्त गरेको छ भने नेपालले प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्न र प्रविधिका क्षेत्रमा साझेदारी गर्न नेपाल इच्छुक रहेको जनाएको छ । 

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत मोरिसले बेलायत सरकार नेपालको शिक्षाको विकासका लागि साझेदारी गर्न तयार रहेको बताउनुभएको हो । राजदूत मोरिसले ए लेभलको समकक्षता सम्बन्धनका विषयमा चासो व्यक्त गर्दै आवश्यक सहजीकरणका लागि आग्रह पनि गर्नुभएको थियो । भेटमा मन्त्री पोखरेलले साझेदारीमार्फत शिक्षा क्षेत्रको थप विकास गर्न सदैव तयार रहेको बताउनुभयो । 

A Levels MA
Thuprai - Books and E-books