After SEE Portal

अत्याधिक चिसोका कारण जुम्लाका विद्यालय  फागुन २ गतेसम्म बन्द हुने

Bridge Course

जुम्लामा अत्याधिक चिसो बढेपछि विद्यालय बन्द गरिएको छ ।

आठओटै स्थानीय तहले अत्यधिक चिसोका कारण पुसको पहिलो सातादेखि फागुनसम्म सबै सामुदायिक विद्यालय बन्द गरेका हुन् ।

विद्यालय बन्द भएपछि केही विद्यार्थी थप अध्ययनका लागि सदरमुकाम खलङ्गा  तथा त सुर्खेत गएको चन्दननाथ माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थी विष्णु बुढाले बताए ।

जाडोले विद्यालय बन्द भएपछि सदरमुकाम खलङ्गा बजारमा कक्षा ११ को अङ्ग्रेजी विषयको ‘ट्युसन’ पढ्ने गरेको पातारासी गाउँपालिका–२ का विद्यार्थी विशाल ऐडीको भनाइ छ ।

आगामी फागुनको १ गतेदेखि विद्यालयमा पढाइ हुने भएको छ । बिदामा बसेका सबै शिक्षकलाई माघको अन्तिम साताभित्र उपस्थित हुन भनिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

चिसोले विद्यालय बन्द गरेपछि जिल्ला बाहिरका शिक्षक घर फर्कन थालेका छन् । कतिपय शिक्षकले बजारमा ट्युसन पढाउन थालेका तिला गाउँपालिका–१ मा रहेको सीता माध्यमिक विद्यालयका शिक्षक सुनम बुढाले बताए ।

कर्णाली प्राविधिक शिक्षालयले उच्च हिमाली भेगमा बढेको चिसोले जनजीवन कष्टकर र पठनपाठन गर्न गराउन कठिनाइ भएकाले सम्पूर्ण सङ्कायमा अध्ययनरत विद्यार्थीलाई आजदेखि फागुनको २ गतेसम्म हिउँदे बिदा दिइएको शिक्षालय प्रमुख टेकेन्द्रबहादुर थापाले जानकारी दिए ।

अहिले जिल्लाको तापक्रम दिनहुँ ‘माइनस’मा जाने गरेकोले बच्चाको स्वास्थ्य सुरक्षाका लागि विद्यालयमा हिउँदे बिदा दिइएको  तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए।              

A Levels MA