After SEE Portal

डा. कँडेल एसियाकै उत्कृष्ट प्रधानाध्यापक

Bridge Course
तस्विरः डा. कँडेलको फेसबुक पेजबाट

भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेललाई एसियन लिडरशिप अवार्ड प्रदान गरिने भएको छ ।

सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १० औं संस्करणको अवसरमा उनलाई यो वर्ष अक्टोवर १५ का दिन एसियालिडरसिप डटकमले अवार्ड प्रदान गर्ने भएको हो ।

५० भन्दा बढी विधामा प्रदान गरिँदै आएको यो अवाड उत्कृष्ट प्रधानाध्यापकतर्फ नेपालका डा. कँडेललाई गर्ने एसियालिडरसिप अवाड डट कमको अफिसियल पेजमा आज सार्वजनिक गरिएको छ ।

दुवईको दुवई मलमा प्रधान कार्यालय रहेको सो संस्थाले जुलाई २१ का दिन आफ्नो अफिसियल पेजमा नेपालका डा. कँडेललाई अवार्ड विजेता भएको ब्यानर सार्वजनिक गरेको हो ।

डा. कँडेललाई गतवर्ष नेपालको पीपी प्रसाई फाउन्डेसनले सन् २०१९ को नेपालकै सर्वोकृष्ट शिक्षक र प्रधानाध्यापक अवार्ड प्रदान गरेको थियो ।

त्यसैगरी डा. कँडेललाई कालिका नगरपालिका चितवन र शिक्षक संघ बागमती प्रदेशले पनि यस अघि उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको थियो ।

कडेललाई सो संस्थाले ब्याज, सम्मानपत्र र अन्य प्रायोजित नगद पुरस्कार प्रदान गरिने भएको छ । अवार्ड वितरणका अवसरका प्रधानाध्यापक कँडेले आफूले सम्पादन गरेका कामको बारेमा प्रेजेन्टेसन गर्ने अवसर प्रदान गरिने सो संस्थाको फेसबुक पेजमा सार्वजनिक गरिएको छ ।

२०५६ सालमा विज्ञान शिक्षकका रुपमा शिक्षण पेसामा प्रवेश गरेका डा. कँडेल २०६३ सालमा स्थायी, २०६९ मा द्वितीय श्रेणीमा बढुवा हुँदै २०७१ असारदेखि सो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रविधिमैत्री शिक्षण सिकाइ तथा शिक्षण विधिमा विविधता रुचाउने कँडेलले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेसंगै कक्षा ९ देखि १२ सम्म एकै जना विषय शिक्षकको व्यवस्था गर्न सफल भएका छन् ।

उनको नेतृत्वमा विद्यालयमा ४० हजार बढी किताबको सफ्ट कपि सहितको ई–लाईब्रेरीको व्यवस्था गरिएको छ । विद्यालयमा हरेक शिक्षकका लागि दराज, ल्यापटप, शुद्ध पिउने पानीका लागि फ्रिजको व्यवस्था गरिएको छ । अतिरिक्त कक्षा लिने शिक्षकलाई थप सुविधा साथै, शिक्षकहरुलाई दण्ड र सजायको पनि व्यवस्था गर्न प्रधानाध्यापक कँडेल सफल भएका छन् ।

८० प्रतिशत भन्दा बढी नतिजा ल्याउने विषय शिक्षकलाई एक तोलाको गोल्ड मोडल,कमजोर नतिजा ल्याउने शिक्षकलाई तले कक्षामा पढाउन लगाउने तथा एक वर्ष सम्म आफ्नो विषयमा नतिजा कमजोर भएमा शिक्षकलाई अर्को वर्ष सो विषय पढाउन नदिने व्यवस्था गरेका छन् ।

A Levels MA
Thuprai - Books and E-books