After SEE Portal

त्रिविको १९ औं उपकुलपतिमा डा. भगवान कोइरालाको नाम पहिलो नम्बरमा सिफारिस

Bridge Course

१७ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । 

सिफारिस समितिले पहिलो नम्बरमा डा. भगवान कोइराला, दोस्रोमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहनु भएकी  प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।

डा. कोइराला वरिष्ठ मुटु शल्यचिकित्सक हुन् । उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशकसमेत बनेका थिए । त्यसैगरी हालै नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट अवकास पाएका डा. बास्कोटा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । तेस्रो नम्बरमा सिफारिस भएका डा. पौडेल चन्द्रमणी पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष हुन् । उनी त्रिविकै पूर्व रेजिस्ट्रार समेत थिए ।

शिक्षामन्त्रीको गिरिराजमणि पोख्रेलको नेतृत्वमा अध्यक्षतामा साउन २० गते उपकुलपतिको नाम सिफारिस समिति गठन भएको थियो । प्रा.डा. तीर्थ खनियाँको कार्यकाल सकिएपछि प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नाम सिफारिस समिति गठन गरेका थिए ।

A Levels MA