सामुदायिक विद्यालयलाई कम्प्युटर, पोशाक र झोला प्रदान

भक्तपुर, १९ साउन ९रासस० ः श्यामबहादुर कार्की स्मृति प्रतिष्ठान सूर्यविनायक नगरपालिका–३ बालकोटले सामुदायिक विद्यालयका १२८ विद्यार्थीलाई पोशाक, झोला एवं स्टेशनरीका सामान वितरण गरेको छ । 

प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका पूर्वनेता स्व श्यामबहादुर कार्कीको ११ औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गगन थापाले विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक एवं स्टेशनरी सामान हस्तान्तरण गर्नुभएको हो । 

महेन्द्र शान्ति माविलाई दुई थान कम्प्युटर, गणेश आधारभूत विद्यालयका ६४ जना, बालकोट आधारभूत विद्यालयका १३ र बालविनायक आधारभूत विद्यालयका ५१ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो । 

सो अवसरमा नेता थापाले कार्कीले सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । 

काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, पूर्व सांसद लेखनाथ न्यौपाने, प्रदीप कार्कीलगायतले स्व कार्कीले नेपालको प्रजातन्त्रप्राप्तिका लागि गरेको योगदानको चर्चा गर्नुभयो । 

कार्यक्रममा प्रदेश सांसद रजनी जोन्छे, प्रजातान्त्रिक सेनानी रामबहादुर ठकुरी, काँग्रेस नेता रामप्रसाद दवाडी, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले स्व थापाले पु¥याएको योगदानको चर्चा गर्नुभयो । 

सो अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ९३ जनाले रक्तदान गरेका थिए । 

Thuprai - Books and E-books