After SEE Portal

जिल्लान्तर शिक्षक सरुवा रोक्का

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर शिक्षक सरुवा रोक्का गरेको छ ।

शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले आयोगमा विज्ञापनका लागि रिक्त पद सङ्ख्या पठाइसकिएकाले सरुवा रोक्का गर्नुपरेको बताए । 

उनले दरबन्दी मिलानका क्रममा केन्द्रले खुद पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा गर्नसक्ने जानकारी दिए ।

यसअघि केन्द्रले १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाएको  थियो । प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र माध्यमिक तहमा एक हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरिएको थियो ।

 

A Levels MA