जिल्ला शिक्षा कार्यालयको वेबसाइड खुलेन, परीक्षा आवेदन फारम प्रभावित

सरकारले जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन गरेको तीन वर्षपछि आधिकारिक रुपमा नाम रुपान्तरण गरेको शिक्षा विकास तथा समन्वय इकाइको वेबसाइट क्रयास भएको छ ।

सरकारले गत फागुन तीन गते शिक्षा नियमावली, २०५९ को नवौं संशोधन गरी संशोधनको नियम १० को (ख) मा जिल्ला शिक्षा कार्यालयको सट्टामा शिक्षा विकास तथा समन्वय इकाइ भन्ने शव्दलाई रुपान्तर गरेसंगै ७७ जिल्लाकै वेबसाइट नखुल्लने भएका छन् ।

बेवसाइट नखुलेसंगै हजारौं सेवाग्राही प्रभावित भएका छन् । विगत तीन दिन देखि कुनै पनि इकाइको वेबसाइट नखुलेका कारण सामान्य जानकारीका लागि पनि घण्टौं हिडेर जिल्लामा नै आउनु पर्ने बाध्यता रहेको शिक्षकहरु बताउँछन् ।

वेबसाइट नखुलेसंगै कक्षा ९ र १० को परीक्षा आवेदन फारम भर्न बुझाउन समेत समस्या भएको शिक्षकहरुको गुनासो छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले फारम भर्ने अन्तिम मिति फागुन ६ गते सम्म तोकेको छ । विद्यालयले सो फारम फागुन १२ गते भित्र विद्यालयले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनु पर्ने व्यवस्था गरे पनि वेबसाइडमा आएको समस्याका कारण समस्या उब्जिएको छ ।

प्राविधिक  कारणले वेवसाइटमा  समस्या आएका  शिक्षा विकास तथा  समन्वय इकाइ काठमाडौंले जानकारी दिए । इकाइका  अनुसार प्राविधिक समस्या  समाधान गरेर तत्काल पुनः सञ्चालनमा  ल्याइने छ ।

Thuprai - Books and E-books