After SEE Portal

विद्यालय आसपासमा धुम्रपान विक्री वितरणमा रोक

Bridge Course

धुलिखेल नगरपालिकाले विद्यालय आसपास मद्यपान बिक्री वितरणमा रोक लगाउने उद्देश्यले अभियान सुरु गरेको छ ।

नगर उपप्रमुख विमला चापागाँइको टोलीले आज वडा नं. ७ र ११ का बजार आसपासका विद्यालयको अनुगमन गरी यस्ता पदार्थ बिक्री वितरणमा रोक लगाउने जानकारी गराएको हो । 

नगर उपप्रमुख चापागाँइ नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्षहरू, नगरपालिकाका कर्मचारी र प्रहरी प्रशासनसहितको टोलीले करिब तीन दर्जन पसल तथा होटलको अनुगमन छ । 

टोलीले आज सञ्जीवनी र पात्लेखेत बजारका विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा नगरपालिकाले धुम्रपान जन्य केही पदार्थ नियन्त्रणमा लिएको नगर शिक्षा समितिले जानकारी दियो । टोलीले सुर्ती, चुरोट, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न स्थानीय पसलेलाई निर्देशन जारी गरेको हो ।

सुर्तीजन्य पदार्थको प्रयोगले ससाना विद्यार्थीमा लत बस्ने, स्वास्थ्यमा नकारात्मक असर पर्ने कारण रोक लगाइएको अनुगमन टोलीका सदस्य तथा नगर शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले बताए । ‘विद्यालय क्षेत्रको करिब सय मिटर वरपर धुम्रपान जन्य पदार्थ बेचबिखन नगर्न सचेत गराइएको छ ।’ उनले भने,‘१८ वर्षभन्दा मुनिका बालबालिकालाई धुम्रपान, मध्यपान विक्री वितरण नगर्न निर्देशन समेत दिएको छ ।’ 

‘विद्यालय क्षेत्र वरपरको बजार अनुगमन गरेका छौं ।’ नगर उपप्रमुख चापागाँइले भनिन्, ‘अनुगमनका क्रममा हामीले विद्यार्थीको भविष्यमा नै नकारात्मक असर पर्ने खालका वस्तु बिक्री वितरणमा रोक लगाएका हौं।’

A Levels MA